
नेपाल एयरलाइन्स भन्छ– जहाजले छाडेको होइन यात्रुहरू आफै छुटेका हुन् !
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ ,मंसिर १४ गते । बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको छ । तर, यता नेपाल एयरलाइन्सले भने जहाजले नभएर यात्रुहरू आफैँ छुटेको प्रतिक्रिया दिएको छ । ‘जहाजले छाडेको होइन यात्रुहरू आफैँ छुटेका हुन्’ नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले रातोपाटीसँग भने ।‘जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै जानकारी गराइएको थियो । फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पुर्याइएको हो । तर, केही यात्रुहरू संवेदनशील नभइदिँदा छुट्नु भएको हो’ पौडेलले भने । एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका रहेको थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको थियो । एयरलाइन्सको ११ः३० को उडानलाई ९ः३० मा सारिएको सबैमा सूचना गरिएको प्रवक्ता पौडेलको भनाइ छ । तर, २५० जना यात्रुहरूले सूचना अनुसार नै समयमा नै उडानका लागि एयरपोर्ट आएको तर बाँकी ३१ जना नआएको प्रवक्ता पौडेलले रातोपाटीसँग बताए । तथापि, ढिला गरी आउने ३१ यात्रुलाई एयरलाइन्सले होटलमा लगेर राखेको र आज पुनः अर्को उडानमार्फत दुबई पठाउन लागिएको उनले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार आज बेलुकाको नेपाल एयरलाइन्सकै ११ः३० कै अर्को जहाजमार्फत छुटेका यात्रुहरूलाई दुबई पठाउन लागिएको र सम्भव भएसम्म अन्य जहाजहरूमार्फत समेत पठाउने तयारी नेपाल एयरलाइन्स गरिरहेछ ।
साभार : रातोपाटी

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
10 घन्टा पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
1 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
2 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
2 दिन पहिले
पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..
2 दिन पहिले