Janakpurdham
Fri, Oct 16, 2026
`

एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,मंसिर १८ गते ।  रणवीर कपूर र रश्मिका मन्डन्ना स्टारर फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ । शाहरुख खानको फिल्म ‘जवान’ लाई पछि पार्दै फिल्मले २ दिनमै विश्वभर २३६ करोड कमाएको छ ।फिल्मले भारतमा मात्र २ दिनमा १०० करोड कमाएको छ, जुन अहिलेसम्मकै रेकर्ड हो । ओपनिङ कलेक्सनका हिसाबले एनिमल जवान र पठानको रेकर्ड तोड्दै पहिलो दिन सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बनेको छ ।तर, भारतीय फिल्मको कुरा गर्ने हो भने फिल्म आरआरआर अझै एनिमलभन्दा अगाडि छ । ट्रेड विज्ञ रमेश बालाले फिल्मको दोस्रो दिनको कमाइबारे दैनिक भास्करसँग कुरा गरेका छन् ।फिल्म एनिमलले रिलिजको दोस्रो दिन अर्थात डिसेम्बर २ मा विश्वभर २३६ करोडको कलेक्सन गरेको उनले बताए । फिल्मले दोस्रो दिन भारतमा ५९ करोड कमाएको छ भने विश्वभर फिल्मले ११५ करोड कमाएको छ ।फिल्मले पहिलो दिन पनि ११६ करोड रुपैयाँ कमाएको थियो, जसका कारण फिल्मको विश्वव्यापी कलेक्सन २३६ करोड नाघेको छ । व्यापार विज्ञ रमेश बालाका अनुसार फिल्मले शनिबार साउथ जोनमा उद्घाटन दिन १५ करोडभन्दा बढीको कमाई गरेको छ । शुक्रबार र शनिबारको तुलनामा आइतबार फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।साभार : डिसी नेपाल

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

5 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

5 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले