Janakpurdham
Thu, Oct 30, 2025
`

एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,मंसिर १८ गते ।  रणवीर कपूर र रश्मिका मन्डन्ना स्टारर फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ । शाहरुख खानको फिल्म ‘जवान’ लाई पछि पार्दै फिल्मले २ दिनमै विश्वभर २३६ करोड कमाएको छ ।फिल्मले भारतमा मात्र २ दिनमा १०० करोड कमाएको छ, जुन अहिलेसम्मकै रेकर्ड हो । ओपनिङ कलेक्सनका हिसाबले एनिमल जवान र पठानको रेकर्ड तोड्दै पहिलो दिन सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बनेको छ ।तर, भारतीय फिल्मको कुरा गर्ने हो भने फिल्म आरआरआर अझै एनिमलभन्दा अगाडि छ । ट्रेड विज्ञ रमेश बालाले फिल्मको दोस्रो दिनको कमाइबारे दैनिक भास्करसँग कुरा गरेका छन् ।फिल्म एनिमलले रिलिजको दोस्रो दिन अर्थात डिसेम्बर २ मा विश्वभर २३६ करोडको कलेक्सन गरेको उनले बताए । फिल्मले दोस्रो दिन भारतमा ५९ करोड कमाएको छ भने विश्वभर फिल्मले ११५ करोड कमाएको छ ।फिल्मले पहिलो दिन पनि ११६ करोड रुपैयाँ कमाएको थियो, जसका कारण फिल्मको विश्वव्यापी कलेक्सन २३६ करोड नाघेको छ । व्यापार विज्ञ रमेश बालाका अनुसार फिल्मले शनिबार साउथ जोनमा उद्घाटन दिन १५ करोडभन्दा बढीको कमाई गरेको छ । शुक्रबार र शनिबारको तुलनामा आइतबार फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।साभार : डिसी नेपाल

`
12 comments
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..

काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..

13 घन्टा पहिले

मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..

जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..

13 घन्टा पहिले

कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

2 दिन पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

2 दिन पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले