
आजदेखि पशुपतिनाथ क्षेत्रभित्र मासु मदिरा र नशालु पदार्थ निषेध
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,मंसिर २१ गते । पशुपतिनाथ मन्दिर क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै आजदेखि २७ गतेसम्म पशुपति क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको हो ।जिल्ला प्रशासन कार्यालयले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क ( उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यस्ता गतिविधी गर्न पूर्ण रुपमा रोक लगाएको छ।बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)२०८० लाई मध्यनजर रा पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले देहाएका चार किल्ला भित्र कसैले पनि सांस, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ं) बमोजिम आगामी मंसिर २१ गतेदेखि नै लागु हुने गरी पूर्ण रुपमा रोक लगाइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीजितेन्द्र बस्नेतले बताए ।साभार : नेपाल प्रेस

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
10 घन्टा पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
1 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
2 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
2 दिन पहिले
पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन
काठमाडौं ,वैशाख २३ गते । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्स..
2 दिन पहिले