Janakpurdham
Fri, Aug 07, 2026
`

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,मंसिर २८ गते ।  सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा जनकपुरधाममा भगवान् राम र आदर्श नारी सीताबिच विवाह भएको भनिएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाइन्छ ।मंगलबार पहिलो दिन जानकी नगर दर्शन गर्दै विधिवत् रूपमा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव प्रारम्भ भएको थियो । बुधबार जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा सिताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झनास्वरुप फूलबारी लीला सम्पन्न भएको थियो । आज धनुष यज्ञमा राम सीताको धनुष लीला प्रतिकात्मक रूपमा देखाइने छ । त्यस पश्चात् रामको प्रतिकको रूपमा रहने बालकले आज धनुष तोड्ने छन् । धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ। त्यही मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाइने छ । धनुष यज्ञ बेलुका चार बजेदेखि जानकी मन्दिर परिसरमा मनाइने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताबिच विवाह भएको थियो । त्यसकै सम्झनामा राम जानकी विवाह महोत्सव सुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ ।यस्तै शुक्रबार चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौँ दिन अर्थात् पुस १ मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जन्तीको रूपमा भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी हुने गरेका छन् । अन्य वर्षहरूमा औपचारिक रूपमै जन्ती आउने कार्यक्रम रहे पनि यस वर्ष औपचारिक रूपमा जन्ती आउने कार्यक्रम नभएको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।महोत्सवमा नेपालको विभिन्न ठाउँहरूबाट पनि हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी हुने गरेको छ ।साभार : रातोपाटी

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

6 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

6 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले