
सानेपामा कांग्रेसको प्रशिक्षण जारी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसले पार्टीको नीति, विचार र सिद्धान्तका बारेमा तल्लो तहसम्म प्रशिक्षण गर्न ‘नेपाली राजनीतिको आयाम र कांग्रेसको नेतृत्व’ विषयक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा हरेक प्रदेशसभा क्षेत्रमा कम्तिमा एक जना प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको हो। बिहीबार बागमती प्रदेशकालागि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा प्रशिक्षण चलिरहेको छ। बुधबारदेखि सुरु भएको प्रशिक्षण शुक्रबार सम्पन्न हुनेछ। प्रशिक्षण कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापा, केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्य र ज्ञान व्यवस्थापन विज्ञ डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको स्थापना कालदेखि हालसम्मको नीति, मार्गदर्शक सिद्धान्त र विचार तथा घोषणापत्र र अबको मार्गदिशाका बारेमा प्रशिक्षण गरिरहेका छन्।बामगती प्रदेशपछि क्रमश सातै प्रदेशमा यस्तै प्रकृतिको प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ। कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ६६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट १र१ जना प्रतिनिधि नेताहरु सहभागी छन्।साभार : काठमाडौं प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
22 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
22 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
22 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले