विवाहपञ्चमीको अवसरमा निःशुल्क स्वास्थ्य र भोजन शिविर
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
राहुल कुमार सिंह र सुर्यदेव मंडल
जनकपुरधाम, पुष १ गते । रामजानकी विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ विद्यापति चोकमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शहिद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रको आयोजना र समाजसेवी प्राध्यापक शम्भुनाथ झाको अगुवाईमा सञ्चालन गरिएको सो शिविरबाट आईतवार दिउंसोसम्ममा झण्डै ३ सय जना स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन । महोत्सवमा पाल्नु हुने श्रद्धालुहरुको स्वास्थ्य सेवाको पहुँच अझै विस्तार गर्न आफनो पहलबाट यस खालका शिविर सञ्चालन गर्दै आएको समाजसेवी झाले बताए । विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका श्रद्धालुहरुकोे स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्षेनि यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए । निजी स्रोतबाट बिरामीलाई झण्डै लाखौं मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी झाले जानकारी दिए । यता रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा कमिटिले निःशुल्क भोजन शिविरको आयोजना गरेको छ । कमिटिले बाह्विघा रंगभुमि मैदानको उत्तरतर्फको द्वारमा निःशुल्क भोजन शिविरको आयोजना गरेको हो । महोत्वमा पाल्नु हुने श्रद्धालुहरुको लागि प्रत्येक वर्ष आफनो व्यतिmगत तर्फबाट निःशुल्क भोजन शिविरको आयोजना गर्दे आएको वडा कमिटिका सभापति बिमलेश सिंहले बताए । शिविरबाट सयौंको संख्यामा श्रद्धालुहरु लभान्वित हुदै आएको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाद्वारा समेत विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर,आवास व्यवस्थापन र शौचालयको समेत व्यवस्थापन गरिएको छ । रामजानकी विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी सरकारी र गैर सरकारी संघ संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन शिविर, आवास व्यवस्थापन , शौचालय र सूचना केन्द्र संचालनमा ल्याईएको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदै छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । महोत्सवमा लाखौंको संख्यामा श्रद्धालुहरु जनकपुर पुगेका छन ।
.jpg)
.jpg)
.jpg)
प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल
काठमाडौं, जेठ २९ : नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्त..
9 घन्टा पहिले
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्..
काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाब..
9 घन्टा पहिले
काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, मृतककाे पर..
काभ्रे, जेठ २९ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचा..
9 घन्टा पहिले
‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पप..
काठमाडौं, जेठ २९ : एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्..
10 घन्टा पहिले
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनिय..
काठमाडौं, जेठ २९ : सरकारलाई दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ। निजामती सेवामा..
10 घन्टा पहिले
-
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग
-
काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, मृतककाे परिचय खुल्न बाँकी
-
‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो’
-
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनियनहरू खारेजको बाटो खुल्यो