
राम–सिता विवाह सम्पन्न, आज राम कलेवा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

धनुषा, पुस २ : रंगभूमि मैदान (वरहविघा)मा स्वयंवर र रात्रिकाल जानकी मन्दिरमा बनाइएको भव्य विवाह मंडपबीच रामसीता विवाह सम्पन्न भएको छ।त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैवाहिक समारोह मनाइएको छ।अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा आइतवार स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो।ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो।नेपाली शेनाका महिला सांगीतिक समूहले डोला नगर परिक्रमा गÞरी राखदा पञ्चे बाजा समेत बजाएका थिए। साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीता र रामको विवाह भएको छ।यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ।रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई भोजन गराइन्छ। भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ।विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ।साभार : काठमाडौं प्रेस

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
6 घन्टा पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
6 घन्टा पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
1 दिन पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
1 दिन पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
3 दिन पहिले