Janakpurdham
Fri, Oct 16, 2026
`

आन्दोलनकारीलाई जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भयो : राजेन्द्र महतो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुस १० गते ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्नेलाई अदालतबाट भएको जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भएको बताएका छन् ।सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनकारीलाई जन्मकैदको सजायको दाबी प्रहरीले गर्‍यो र अदालतले सजाय सुनाइदियो । प्रहरी भनेको सरकार नै हो । त्यसैले मधेश आन्दोलनलाई सरकारले अपमानित गरेको छ । अधिकार र पहिचानको आन्दोलनलाई अपराधीकरण गरिएको छ ।’तेस्रो मधेश आन्दोलनमा महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले लोसपा मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहितलाई जन्मकैदको फैसला सुनाएको छ । अदालतको फैसलापछि दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य शर्मासहितका नेताहरू सम्पर्क विहीन छन् ।अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैदको फैसला सुनाए पनि मधेश केन्द्रित दलहरू सरकारमै छन् । यस सन्दर्भमा नेता महतोले सरकारमा रहेका चार मधेशी दल लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्कालै सरकार छाड्नुपर्ने बताए ।‘सात दलीय मोर्चाको आह्वानमा मधेश आन्दोलन भएको थियो’, नेता महतोले भने, ‘यदि आन्दोलनकारी अपराधी भयो भने आन्दोलनको आह्वान गर्नेहरू त मुख्य अपराधी भयो नि ! र, अपराधी बनाउने काम सरकारबाटै भयो । त्यसैले चारै मधेशी दल सरकारमा बस्नुको औचित्य छैन ।’नेता महतोले आन्दोलनकारीलाई जन्मकैदको फैसला हुँदा पनि मधेशी दलहरू चुप्पी साधेर सरकारमा बसेकोमा दुस्ख व्यक्त गरे । सरकार छाडेर आन्दोलनमा होमिन चारै मधेश केन्द्रित दलका नेतृत्वसँग उनले आग्रह समेत गरे ।उनले भने, ‘अदालतको फैसलाले पहिचान र अधिकारको आन्दोलन गरेमा जन्मकैद सजाय हुन्छ भन्ने सन्देश दिएको छ । यसविरुद्ध हामीले संघर्ष गरेनौँ भने अब कसले आन्दोलन गर्छन् रु यो कुरा नेतृत्वकर्ताहरुले बुझ्न जरुरी छ ।साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

35 मिनट पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

36 मिनट पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

22 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

22 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

22 घन्टा पहिले