Janakpurdham
Thu, Aug 14, 2025
`

जानकी महिला सञ्जालका कर्मचारीहरूद्वारा आर्थिक अनियमितताका आराेप : अध्यक्ष मण्डल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , पुष १३ गते ।जानकी महिला सञ्जालकी अध्यक्ष रीना मण्डलले आफ्नै संस्थाका केही कर्मचारीहरूले आर्थिक अनियमितता गर्ने प्रयास गरेकाे आराेप लगाएकी छिन् ।

गैर सरकारी संस्था जानकी महिला सञ्जालकी अध्यक्ष मण्डलले कार्यक्रम संयाेजक देब कुमार महताे र लेखा अधिकृत आलाेक पटेलका मिलाेमताेमा लुम्बिनी बिकास बैंकमा जम्मा रहेका माैजदात वाट रकम झिकिने प्रयास भएका बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले खातामा १० लाख रहेका माैजदातवाट चेक मार्फत आालाेक पटेलका नाममा पहिलाे चेक ७७ हजार र दाेस्राे चेक २२ हजार ४ सय ८८ रूपैया गरि दुईपटक माैजदात निकाल्ने प्रयास भएका जानकारी गराए।

उनले समितिवाट कुनै प्रकारका आर्थिक काराेवार नभएका जनाउदै यदि कर्मचारीले हस्ताक्षर परिवर्तन गरि रकम झिकेमा वा कागजातहरू फेरवदल गरेमा आफुहरू जिम्मेवारी नहुने बताए ।

उनले समितिमा महिला नै भएकाले पुरूष कर्चारीहरू मनमानी गरेका आराेप समेत लगाए ।

 जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका ध्यानाकर्षण गराउदै छिटाे छिनाेफानाे नभए समितिमा समेत नबस्ने धारणा राखे ।

महिलाहरूका हकहितका लागि ११ वटा गैरसरकारी संस्थाहरू महिला मुखि सञ्जालकाे रूपमा रहेका जानकी महिला सञ्जालकि पुर्व अध्यक्ष रूका मिश्राले बताए ।

उनले समितिमा महिला पदाधिकारीहरू मात्रै भएकाले पुरूष कर्मचारीहरू पटक-पटक मनपरी गरी संस्थालाई समेत ओझेमा राख्ने प्रयास गरेका आराेप लगाए ।

`
12 comments
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 घन्टा पहिले

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..

काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..

3 घन्टा पहिले

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

1 दिन पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

1 दिन पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

3 दिन पहिले