एक्सनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह , प्रादेशिक अस्पतालबाट दुई जना विचौलिया प्रहरीको जिम्मा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुष १४ गते । प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आएका विरामीलाई निजी अस्पताल तर्फ लैजान लागेका दुई जना विचौलियालाई मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले समातेर आवश्यक कारवाहीको लागि धनुषा प्रहरीको जिम्मा लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले प्रादेशिक अस्पताल जनकपुरमा सर्प्राइज निरीक्षणको क्रममा विरामीले गरेको गुनासोको आधारमा महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका वडा नम्वर ४ का २७ बर्षिय रामविनय यादव र भंगहा नगरपालिका वडा नम्वर ३ का २७ बर्षिय राकेश महरालाई समातेर आवश्यक कारवाहीको लागि धनुषा प्रहरीको जिम्मामा लगाएका हुन् ।
शनिबार विहान ९.३० बजेको समयमा प्रादेशिक अस्पताल जनकपुरमा निरीक्षण अनुगमनको क्रममा एक जना महिलाले बच्चा जन्माएपछि निजलाई राम्रो एवं समुचित उपचार निजी अस्पतालमा गराइदिन्छु भन्दै यादव र पासवानले फकाएर लैजान लागेको अवस्थामा मन्त्री सिंहले थाहा पाएपछि दुबै विचौलियालाई समातेर धनुषा प्रहरीलाई कारवाहीको लागि जिम्मा लगाइएको मन्त्री सिंहको सचिवालयले जनाएको छ । सचिवालयले जनाए अनुसार
स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको चाहना प्रदेशका कुनै पनि विरामी निजी अस्पतालमा उपचार गराउन जानु पर्दैनन्, सरकारी अस्पतालहरुलाई सेवा सुविधा एवं चिकित्साको लागि उपयुक्त साधनश्रोतबाट भरिपूर्ण भएको अवस्था नीजि अस्पतालमा गएर अनाधिकृत रुपमा लाखौं खर्च गर्नुपर्ने झन्झटीलो उपचार सेवालाई पूर्ण रुपमा निष्तेज बनाउने अभियानमा लागिपर्नु भएको छ ।
सरकारी अस्पतालमा दक्ष जनशक्तिहरु उपलब्ध गराइएको छ, समुचित रुपमा सबै खाले विरामीहरुको उपचारको लागि उचित बन्दोबस्त मिलाइएको छ, नेपाल सरकारको मापदण्ड अनुसारको औषधीहरुको व्यवस्थापन गरिएको हुँदाहुँदै सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीहरुलाई विचौलियाहरु ललाई फकाई लैजाने परिपाटीलाई मन्त्रीजीले पूर्ण रुपमा भत्काउन खोजेको हुँदा उक्त कार्यमा सबै सरोकारवाला निकाय एवं सर्वसाधारणहरु सजग भएर सरकारी वा प्रादेशिक अस्पतालमै उपचार गराउनु पर्नेमा मन्त्री सिंहको चाहना रहेको जनाए ।
स्वकीय सचिव निकेश त्रिपाठी भन्छन्, स्वास्थ्य मन्त्रीजीको चाहनालाई शतप्रतिशत पालना गर्न गराउन प्रादेशिक अस्पतालको पनि त्यतीकै दायित्व रहेको छ, जहाँ विचौलियाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने अन्यथा प्रादेशिक अस्पताललाई नीजि क्षेत्रका अस्पतालहरुद्वारा बदनाम गराउने छ । मधेश प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बनेको दिन देखि नै प्रदेशको आठै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई सुदृढ बनाई उक्त जिल्लाहरुका विरामीहरु नीजि अस्पतालमा जानु नपरोस भन्ने उद्देश्य उहाँको रहेको हुँदा सबै पक्ष मिलेर विचौलिया प्रथालाई अन्त्य गरी सरकारी अस्पताल प्रतिको विश्वासलाई अघि बढाएमा मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरु अन्त्य हुने तथा स्वास्थ्य मन्त्री सिंहले लिएको उद्देश्य एवं लक्ष्य पुरा हुने उनले विश्वास व्यक्त गरे ।
यता पक्राउ परेका यादव र पासवानलाई धनुषा प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय धनुषा श्रोतबाट बुझिएको छ ।
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
41 मिनट पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
43 मिनट पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
22 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
23 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
22 घन्टा पहिले