
मधेशमा शितलहर: जनजीवन प्रभावित, आगाे तापेर दिन काट्दै सर्वसाधारण
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,पुष १४ गते । धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतको जिल्लामा शितलहर सुरु भएको छ । शितलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको हो ।दिउँसोसम्म घाम लागेको छैन। शितलहल चलेसँगै मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । मानिसहरु घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् । शितलहरबाट बालबालिका, बृद्धबृद्धा तथा पशुचौपाया प्रभावित बनेका छन् । शितलहरमा मधेशका जिल्लामा हरेक वर्ष दर्जनौं गरिब विपन्नले बाक्लो लुगाकै अभावमा ज्यान गुमाउँछन् ।स्वास्थ्यकर्मी निरञ्जन शाक्यका अनुसार सामान्यतया मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ । तापक्रम घट्दै गएपछि सबै अंगले राम्ररी काम गर्न सक्दैनन् । यस्तो अबस्थामा स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने र मृत्यु हुने गर्छ ।शितलहरबाट जोगिन बाक्लो लुगा लगाउन र मन तातो झोल खानुपर्ने उनको सुझाव छ । ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्छ । धेरै बाहिर निस्कन हुँदैन,’ उनले भने ।साभार : नेपाल प्रेस

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
14 घन्टा पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
14 घन्टा पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
2 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
2 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
3 दिन पहिले