Janakpurdham
Fri, Oct 16, 2026
`

मधेशमा शितलहर: जनजीवन प्रभावित, आगाे तापेर दिन काट्दै सर्वसाधारण

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष १४ गते ।  धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतको जिल्लामा शितलहर सुरु भएको छ । शितलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको हो ।दिउँसोसम्म घाम लागेको छैन।  शितलहल चलेसँगै मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । मानिसहरु घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् ।  शितलहरबाट बालबालिका, बृद्धबृद्धा तथा पशुचौपाया प्रभावित बनेका छन् । शितलहरमा मधेशका जिल्लामा हरेक वर्ष दर्जनौं गरिब विपन्नले बाक्लो लुगाकै अभावमा ज्यान गुमाउँछन् ।स्वास्थ्यकर्मी निरञ्जन शाक्यका अनुसार सामान्यतया मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ । तापक्रम घट्दै गएपछि सबै अंगले राम्ररी काम गर्न सक्दैनन् । यस्तो अबस्थामा स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने र मृत्यु हुने गर्छ ।शितलहरबाट जोगिन बाक्लो लुगा लगाउन र मन तातो झोल खानुपर्ने उनको सुझाव छ । ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्छ । धेरै बाहिर निस्कन हुँदैन,’ उनले भने ।साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

41 मिनट पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

43 मिनट पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

22 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

23 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

22 घन्टा पहिले