Janakpurdham
Thu, Aug 06, 2026
`

धनुषामा दुई चरणमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फागुन ५ गते ।मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०-८१ अन्तर्गत धनुषा जिल्लामा दुई चरणमा खोप लगाइने भएको छ ।  

स्वास्थ्य कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि दादुरा–रुबेला महामारी विभिन्न जिल्लाहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका छन् । 

दादुरा–रुबेला खोप अभियानलाई प्रथम चरण र दोस्रो चरण गरि दुई चरणमा बांडेको हो । 

धनुषाको १८ वटा स्थानीय तहमध्ये पहिलो चरण फाल्गुन १३ गते देखि २१ गते सम्ममा ९ वटा स्थानीय तहमा खोप सेवा उपलब्ध गराइने कार्यक्रम रहेको छ । 

स्थानीय तह अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मुखियापट्टि मुसहरनिया गाउंपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनिया गाउंपालिका, क्षिरेश्वर नगरपालिका, बटेश्वर गाउपालिका , मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकामा दादुरा रुबेला खोपको सेवा दिईने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेब यादबले बताए । 

अधिकृत यादवले दोस्रो चरणमा धनौजी गाउंपालिका, औरही गाउंपालिका , विदेह नगरपालिका , जनकनन्दनी गाउंपालिका, कमला नगरपालिका , शहिदनगर नगरपालिका , सबैला नगरपालिका , धनुषाधाम नगरपालिका, मिथिला बिहारी नगरपालिकामा खोप लगाइने ब्यवस्था रहेको ध्यानाकर्षण गराए । 

उनले लक्षित समूहमा पर्ने बालबालिकाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका लक्ष्य ६७ हजार २ सय ४४ जनालाई खोप दिईने लक्ष्य छ भने ५ वर्ष देखि १५ वर्ष मुनिका लक्ष्य १ लाख ५८ हजार ७ सय ८६ गरि जम्मा २ लाख २६ हजार ३० बालबालिकाहरु दादुरा रुबेला खोप दिइने लक्ष्यमा रहेको बताए । 

उनले स्वास्थ्य कार्यालयले १ हजार १ सय १२ वटा खोप केन्द्र अन्तर्गत ८ सय ३३ वटा विद्यालयमा खोप दिने लक्ष्य लिएको जानकारी गराए । यसका लागि २ हजार २ सय २४ जना स्वयमसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचलन गरिने बताए । 

त्यस्तै १ सय ७३ वटा आधारभुत स्वास्थ्य संस्था र ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिन लागेको जानकारी समेत गराए । 

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

23 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

23 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले