Janakpurdham
Tue, Oct 20, 2026
`

भारतीय पर्यटकले नेपालमा फोन पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,फागुन १६ गते ।  अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् । फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको समझदारी अनुसार आजदेखि भुक्तानी गर्न मिल्ने भएको हो ।

भारतमा भिम यूपीआई र फोन पे प्रयोग गरिरहेको ग्रहकले भुक्तानी गर्न सक्ने छन् । प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अन्तरदेशीय अनलाइन कारोबार गर्नको लागि भारतीय प्रयोगकर्ताले फोन पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ ।
फोन पे का सीईओ दिवस सापकोटाले आजबाट फोन पे को क्युआर मार्फत अन्तरदेशीय अनलाइन कारोबार सुरु भएको बताए ।

उनले भने, ‘अब भारतबाट नेपाल आएका पर्यटक लगात भारतीयहरुले फोन पे मार्फत क्युआरबाट भुक्तानी गर्न सक्ने छन् । यसले क्यास बोकेर हिड्नु पर्ने झन्झट् हटाएको छ ।’ 

भारतीय ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु भएपछि नेपाली ग्रहाकले भने भारतमा भुक्तानी गर्न पाउने छैनन् ।साभार : नेपाल प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

5 घन्टा पहिले

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..

5 घन्टा पहिले

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

2 दिन पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

2 दिन पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

3 दिन पहिले