Janakpurdham
Fri, Oct 16, 2026
`

उखुको उत्पादन घटे थप व्यापार घाटाको खतरा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन १९ गते ।  पछिल्लो केही वर्षदेखि उखुको भुक्तानीमा हुने गरेको ढिलाइका कारणले किसानहरूमा उखु खेती प्रतिको आकर्षणमा कमी आएको छ ।हाल देशमा वर्षेनी ६२ हजार ५ सय ६७ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेकोमा मधेश प्रदेशमा मात्र ४२ हजार ६ सय ९६ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । त्यसमा पनि मधेश प्रदेशको सर्लाही जिल्लामा मात्र १५ हजार ३ सय ७३ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । दोस्रो तथा तेस्रोमा बढी उखुको उत्पादन हुने गरेको कोशी तथा सुदूर पश्चिममा उखुको उत्पादकत्व मधेश भन्दा बढी रहेको छ ।

मधेश प्रदेशमा उखुको उत्पादकत्व प्रति हेक्टर ४९.०४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी कोशी प्रदेशको रहेको छ । कोशीमा उखुको उत्पादकत्व प्रति हेक्टर ५७.८५ रहेको छ । सुदूरपश्चिममा उखुको उत्पादकत्व ५६.४७ रहेको छ ।

तर पछिल्लो समयमा उखुका मुख्य क्रेताका रुपमा रहेका चिनी मिल्सका सञ्चालकहरूले समयमा किसानलाई उखुको भुक्तानी नदिएका कारणले सबैभन्दा बढी उखुको उत्पादन गर्दै आएका सर्लाही जिल्लाका किसानहरू वैकल्पिक खेतीमा लागेका कारण चिनीको उत्पादनमा थप नकारात्मक असर पार्ने खतरा रहेको भन्दै कृषि विभागले जनकपुरधाममा उखु उत्पादक किसानसहित सरोकारवाला निकायसँग समस्याको पहिचान तथा समाधानका लागि अन्तरक्रिया गरेको छ ।

सर्लाही जिल्लाका कतिपय किसानहरू उखु खेतीलाई नष्ट गरेर सो ठाउँमा मकै तथा धान, गहुँको खेती गर्न थालेका छन् । सर्लाहीको हरिवनलाई उखुको राजधानीको रुपमा लिने गरेको भए पनि सो पालिकाका किसानहरू उखुको विकल्पमा मकै खेती गर्न थालेको हरिवन नगरपालिकाका कृषि शाखाका कर्मचारी प्रवीण तामाङ्गले जानकारी दिनुभयो ।

सर्लाही जिल्लामा नै घर भएका उखुका अगुवा किसान तथा उखु उत्पादक सहकारी संघका अध्यक्ष रामचन्द्र सिंह कुशवाहाले उखु उत्पादनका लागि सिँचाइ, मल, उन्नत बीउको अभावका साथै किसानहरूले चिनी मिल्सहरुमा उखु बिक्री गर्दा समयमा भुक्तानी नदिँदा बाध्य भएर अन्य बाली लगाइरहेको बताउनुभयो । उखु सुरुमा नगदे बाली भए पनि अहिले उधारो बालीको रुपमा परिचित हुन थालेपछि किसानहरू बाध्य भएर अन्य बाली लगाउन थालेका उहाँको भनाइ छ ।

कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले उखु बालीप्रति किसानहरूमा आएको समस्याको समाधान गर्दै आएको बताउँदै किसानहरूलाई उखु उत्पादनमा नै टिकाई राख्न सबै प्रकारको सहयोग गर्न सरकार तयार भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका उखुका किसान, सरोकारवाला निकाय तथा कृषिसँग सरोकार भएका सरकारी निकायका अधिकारीहरूको सहभागितामा भएको अन्तरक्रियामा उखुको उत्पादन घटेको खण्डमा यसले देशको व्यापार घाटा बढ्ने भएकाले उत्पादन बढाउने गरी सबै निकायबीच अधिकतम सहकार्यको खाँचोमा जोड दिनुभएको थियो ।

साभार : रेडियो नेपाल

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

9 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

9 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

9 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले