Janakpurdham
Mon, Jul 07, 2025
`

उखुको उत्पादन घटे थप व्यापार घाटाको खतरा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन १९ गते ।  पछिल्लो केही वर्षदेखि उखुको भुक्तानीमा हुने गरेको ढिलाइका कारणले किसानहरूमा उखु खेती प्रतिको आकर्षणमा कमी आएको छ ।हाल देशमा वर्षेनी ६२ हजार ५ सय ६७ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेकोमा मधेश प्रदेशमा मात्र ४२ हजार ६ सय ९६ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । त्यसमा पनि मधेश प्रदेशको सर्लाही जिल्लामा मात्र १५ हजार ३ सय ७३ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । दोस्रो तथा तेस्रोमा बढी उखुको उत्पादन हुने गरेको कोशी तथा सुदूर पश्चिममा उखुको उत्पादकत्व मधेश भन्दा बढी रहेको छ ।

मधेश प्रदेशमा उखुको उत्पादकत्व प्रति हेक्टर ४९.०४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी कोशी प्रदेशको रहेको छ । कोशीमा उखुको उत्पादकत्व प्रति हेक्टर ५७.८५ रहेको छ । सुदूरपश्चिममा उखुको उत्पादकत्व ५६.४७ रहेको छ ।

तर पछिल्लो समयमा उखुका मुख्य क्रेताका रुपमा रहेका चिनी मिल्सका सञ्चालकहरूले समयमा किसानलाई उखुको भुक्तानी नदिएका कारणले सबैभन्दा बढी उखुको उत्पादन गर्दै आएका सर्लाही जिल्लाका किसानहरू वैकल्पिक खेतीमा लागेका कारण चिनीको उत्पादनमा थप नकारात्मक असर पार्ने खतरा रहेको भन्दै कृषि विभागले जनकपुरधाममा उखु उत्पादक किसानसहित सरोकारवाला निकायसँग समस्याको पहिचान तथा समाधानका लागि अन्तरक्रिया गरेको छ ।

सर्लाही जिल्लाका कतिपय किसानहरू उखु खेतीलाई नष्ट गरेर सो ठाउँमा मकै तथा धान, गहुँको खेती गर्न थालेका छन् । सर्लाहीको हरिवनलाई उखुको राजधानीको रुपमा लिने गरेको भए पनि सो पालिकाका किसानहरू उखुको विकल्पमा मकै खेती गर्न थालेको हरिवन नगरपालिकाका कृषि शाखाका कर्मचारी प्रवीण तामाङ्गले जानकारी दिनुभयो ।

सर्लाही जिल्लामा नै घर भएका उखुका अगुवा किसान तथा उखु उत्पादक सहकारी संघका अध्यक्ष रामचन्द्र सिंह कुशवाहाले उखु उत्पादनका लागि सिँचाइ, मल, उन्नत बीउको अभावका साथै किसानहरूले चिनी मिल्सहरुमा उखु बिक्री गर्दा समयमा भुक्तानी नदिँदा बाध्य भएर अन्य बाली लगाइरहेको बताउनुभयो । उखु सुरुमा नगदे बाली भए पनि अहिले उधारो बालीको रुपमा परिचित हुन थालेपछि किसानहरू बाध्य भएर अन्य बाली लगाउन थालेका उहाँको भनाइ छ ।

कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले उखु बालीप्रति किसानहरूमा आएको समस्याको समाधान गर्दै आएको बताउँदै किसानहरूलाई उखु उत्पादनमा नै टिकाई राख्न सबै प्रकारको सहयोग गर्न सरकार तयार भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका उखुका किसान, सरोकारवाला निकाय तथा कृषिसँग सरोकार भएका सरकारी निकायका अधिकारीहरूको सहभागितामा भएको अन्तरक्रियामा उखुको उत्पादन घटेको खण्डमा यसले देशको व्यापार घाटा बढ्ने भएकाले उत्पादन बढाउने गरी सबै निकायबीच अधिकतम सहकार्यको खाँचोमा जोड दिनुभएको थियो ।

साभार : रेडियो नेपाल

`
12 comments
सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासं..

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार ..

10 घन्टा पहिले

केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उ..

जनकपुरधाम, असार २२ गते ।  नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले प..

10 घन्टा पहिले

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..

2 दिन पहिले

राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..

जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..

2 दिन पहिले

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए

काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्।  स..

2 दिन पहिले