न्यून गुणस्तर पाइएपछि तीन प्रकारका औषधि बिक्रीमा रोक
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २०: औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकल्स गोठाटारका दुई र फर्माको इन्डष्ट्रिज रामकोटद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो ।
बिक्री वितरणमा रोक लगाइएका औषधिमा लोमसको ब्याच नम्बर एमटीएस ०१२३ भएको मेट्रो सस्पेन्सन (ओरल सस्पेन्सन) ५ एमएल, मेट्रोनिडाजोल बेन्जोएट २०० एमजी र ब्याच एचपी–०१२३ को हेल्माप्रेन (अबलेन्डाजोल ब्याब्लेट) ४०० एमजी छ । यी औषधि २०२३ मार्च र २०२२ जुनमा उत्पादित हुन् ।
यस्तै फर्माकोको ब्याच २२÷०१ को मेट्रो–पी (मेट्रोनिडाजोल सस्पेन्सन आइपी) ५ एमएल, मेट्रोनिडाजोल २०० एमजी पनि बिक्रीमा रोक लगाइएको विभागको सूचनामा छ । फर्माकोको उक्त औषधि जुन २०२२ मा उत्पादितमध्येको हो ।
विभागले सम्बद्ध कम्पनीहरुलाई औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिहरु बजारबाट तुरुन्त फिर्ता ल्याउन र त्यसको विवरण उपलब्ध गराउन भनेको छ । साथै विभागले रोक लगाइएका औषधि सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
साभार : काठमाडौं प्रेस
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
9 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
9 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
9 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने