
मिथिला मध्यमा परिक्रमा शुरु , हनुमानगढीमा उपमहानगरपालिकाद्धारा भव्य स्वागत
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

राहुल कुमार सिंह
जनकपुरधाम, फागुन २७ गते । मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको छ । नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा यात्री आईतबार साँझसम्म जनकपुरधाममा पुगि विश्राम गर्नेछन् । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ । मिथिला महात्माका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर सोमबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक शुरुवात हुन्छ ।
परिक्रमामा सहभागी श्रद्धालुहरुको लागि जनकपुरधाम उपमहानगरपालिकाद्धारा विश्रामस्थल , खानेपानी , विद्युत , शौचालय र निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाले प्राथमिक उपचारसहित खानेपानी , विश्रामस्थलको व्यवस्थापन गरेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बताए ।
नेपालको धार्मिक ऐतिहासिक ठाँउहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ । जसलाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ । पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थलहुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ । परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ ।

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
13 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
13 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले