Janakpurdham
Sun, Nov 24, 2024
`

रमजान आजदेखि सुरु

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,फागुन २९ गते । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन् ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । 

दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न हिजो साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

 शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

साभार : नेपाल प्रेस

`
12 comments
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..

19 घन्टा पहिले

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..

19 घन्टा पहिले

विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..

2 दिन पहिले

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनि..

काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरक..

2 दिन पहिले

स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..

काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..

3 दिन पहिले