Janakpurdham
Tue, Aug 05, 2025
`

सर्लाहीमा मन्दिरको मूर्ति तोडफोड गर्ने बैठा पक्राउ, हुनसक्छ ५ वर्ष कैद

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत १ गते । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । बुधवार बैठालाई सर्लाही प्रहरीले पक्राउ गरी धर्म सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको छ ।

सर्लाहीका प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले घटनास्थलमा रहेको सबुत प्रमाणको आधारमा बैठालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार मंगलवार राति मूर्ति तोडफोड गरिएको थियो । 

प्रहरीले जिल्ला अदालत मलंगवाबाट दिन ५ दिनको म्याद थप गरी बैठामाथि अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ ।

मन्दिरमा मूर्ति तोडफोडको विरोधमा स्थानीयले मलंगवा बजार बन्द गराएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु(याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

साभार : नेपाल प्रेस

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

13 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

13 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले