Janakpurdham
Tue, Aug 05, 2025
`

सर्लाहीमा दुई पेशेबर अपराधी पक्राउ, भाग्न खोज्दा प्रहरीले चलायाे गोली

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत ६ गते । सर्लाही प्रहरीले विभिन्न अपराधमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक जितेन्द्र राउत र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर जितेन्द्र घाइते छन् । उनको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मोटरसाइकलमा रहेका बेला उनी दुबै जना पक्राउ परेको र सर्च गर्दा हातहतियार समेत फेला परेको बताइएको छ । 

पक्राउ परेका दुबै जना पेशेबर अपराधी भएको र नेपाल तथा भारतमा दर्जनौं अपराधमा संलग्न रहेको प्रहरीको दावी छ । उनीहरुलाई केहीबेरमा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

10 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

10 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले