Janakpurdham
Sun, Oct 19, 2025
`

भारतको कोलकाताले जित्यो इण्डो-नेपाल टी-२० च्याम्पियनशीपको उपाधि

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत १७ गते ।  चितवनको भरतपुरमा भएको इण्डो-नेपाल टी-२० च्याम्पियनशीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार भएको फाइनलमा मधेश प्रदेशमाथि ३ रनको रोमाञ्चक जीत हात पार्दै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेशले ८ विकेट गुमाएर १८५ रनमात्र बनाउन सक्यो ।

मधेशलाई जीतका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । क्रिजमा थिए अभिषेक तिवारी । अन्तिम ओभरको पहिलो बलमा तिवारीले कुनै रन जोड्न सकेनन् । दोस्रो बलमा पनि तिवारीले कुनै रन लिएनन् । तेस्रो र चौथो बलमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे ।

तिवारीले अविजित ४९ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे ।
विशाल सुसलिङले २२ बलमा ५० रनको अर्धशतकीय पारी खेले । उनले ६ छक्का प्रहार गरे । शाहिल पटेलले २९ बलमा ३६ रन बनाए ।

कोलकाताका लागि सन्दीप गुप्ताले ४ ओभरमा ३९ रन खर्चिंदै ३ विकेट लिए । सौरभ यादव र अभिषेक सिंहले समान २-२ विकेट लिए । विजय यादवको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले विकास चौधरीको अर्धशतकीय पारीमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । विकासले ३७ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६७ रन बनाए ।

सन्दीप गुप्ताले २८ बलमा ३९ रन बनाए भने रमन कदयनले २९ रन बनाए ।

मधेशका लागि अभिषेक तिवारीले ४ ओभरमा २८ रन खर्चिंदै ४ विकेट लिए । विशाल पटेल, प्रजिभ यादव, भुलन सहनी र प्रदीप पासवानले समान एक-एक विकेट लिए ।

फाइनलमा कोलकाताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए । विजेता र उपविजेता टीमलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ट्रफी र मेडल वितरण गरेका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..

काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..

22 घन्टा पहिले

तिहार आजबाट सुरु

काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..

22 घन्टा पहिले

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..

2 दिन पहिले

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..

2 दिन पहिले

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

3 दिन पहिले