Janakpurdham
Fri, Oct 16, 2026
`

श्री एयरलाइन्सबाट भैरहवा जान लागेका यात्रु ६ घण्टादेखि एयरपोर्टमा अलपत्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,चैत २३ गते ।  श्री एयरलाइन्सले समयमा उडान नगर्दा भैरहवा जान लागेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि कुर्न बाध्य भएका छन् । बिहान साढे ८ बजे विमानस्थल आएका यात्रु सवा ३ बजेसम्म गतव्यमा पुग्ने अत्तोपत्तो छैन ।

बिहान साढे ९ बजेको टिकट काटेर आएकोमा अहिलेसम्म आफुहरू अलपत्र परेर बसिरहेको यात्रुमध्येका एक श्याम पुडासैनीले बताए ।उनले नेपाल प्रेससँग भने, ‘बिहान साढे ९ बजे जहाज उड्ने टिकट थियो । म १ घण्टाअघि नै एयरपोर्ट आएको थिएँ । हामीलाई सुरूमा जहाज केही डिले भएको जानकारी आएको थियो । ११ बजेसम्म डिले भयो भन्यो । त्यसपछि २ बजेसम्म डिले भएको भन्यो । ३ बजेसम्म हामीलाई भैरहवा पठाउने कुनै तयारी छैन । हामीलाई बिहान नै बोर्डिङ पास दिएर राखेको छ ।’

त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाले बिहान नै श्री एयरलाइन्स्ले जहाजमा प्राविधिक समस्या आएको जानकारी गराएको बताए । तर, एयरलाइन्स्ले अन्य व्यवस्था गरेर यात्रु पठाउनु पर्ने उनको भनाइ छ । कति यात्रु थिए भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

साभार : नेपाल प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

5 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

6 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

5 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले