Janakpurdham
Wed, Sep 17, 2025
`

सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति, कर्फ्यु बिस्तारै हटाइने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर, चैत २४ : फेसबुकमा राखेको भिडियोका कारण सुनसरी हरिनगर गाउँपालिकामा सुरु भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीकाे आह्रवानमा  शनिबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो।

विवादले अप्रिय घटना हुन सक्ने देखेपछि सुनसरी हरिनगर गाउँपालिकामा भएको शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू कर्फ्यू बिस्तारै हटाउने सहमति भएकाे सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले बताए ।

बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ। समस्या सामधानका लागि प्रदेश सांसदहरूलाई जिम्मेवारी दिने सहमति पनि भएको उनले बताए।

शुक्रबार दिनभर अशान्त रहेको ती पालिका कर्फ्युका कारण जनजीवन पनि कष्टकर बनेकाे छ। शुक्रबार दिनभरजसो तनावग्रस्त  बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका थिए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

20 घन्टा पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

20 घन्टा पहिले

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..

काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..

2 दिन पहिले

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..

काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..

2 दिन पहिले

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..

काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..

3 दिन पहिले