अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को टिजर रिलिज
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,चैत २६ गते । तेलुगु उद्योगका सुपरस्टार अल्लु अर्जुनले आफ्नो जन्मदिनमा आफ्ना फ्यानहरूलाई विशेष उपहार दिएका छन् । अर्जुन आफ्नो प्रतिष्ठित पात्र पुष्पराजको भूमिकामा फर्किएका छन् र उनको फिल्म ‘पुष्पा २: द रुल’ को टिजर आएको छ ।
‘पुष्पा १: द राइज’ मा आफ्नो अत्यन्तै मास अवतारबाट फ्यानहरूलाई मनोरञ्जन दिएपछि अल्लु अर्जुन अब सिक्वेलमा पुन: रक गर्न तयार छन्। आफ्नो ४२ औँ जन्मदिन मनाइरहेका अर्जुनले लामो समयदेखि प्रतिक्षामा रहेका फ्यानहरुलाई यस्तो उपहार दिएका छन् ।
पुष्पा १ मा अल्लु अर्जुनले रातो चन्दन तस्करीको सञ्जालमा पुराना खेलाडीलाई हराएर निकै छिटो माथि उठ्ने गुण्डा पुष्पराजको भूमिका निर्वाह गरेका थिए । अब अर्जुनको यो पात्र ‘पुष्पा २’ मा राज गर्न तयार छ ।
‘पुष्पा २’ को टिजरमा अल्लु अर्जुनको अवतारले फ्यानको मन छुन्छ । यसपटक अल्लुले टिजरमा माँ कालीको गेटअप बनाएका छन् । ६८ सेकेन्डको टिजरमा उनको क्यारेक्टर पहिलेको भन्दा पनि डरलाग्दो देखिन्छ ।
यसपटक पुष्पराज पृथ्वीबाट शत्रुहरूलाई सखाप पार्ने वाचा लिएर फर्केका छन् जस्तो लाग्छ। टिजरमा अल्लुले साडी लगाएका छन्, खुट्टामा घुंघरु लगाएकी छन् र हातमा त्रिशूल लिएर शत्रुलाई प्रहार गर्न तयार छन् । यो सम्पूर्ण दृश्य कुनै धार्मिक घटनाको जस्तो देखिन्छ।
निर्देशक सुकुमारको यो फिल्मको पहिलो भागले दर्शकलाई हलमा निकै मनोरञ्जन दिएको थियो । अब दोस्रो भागको टिजर हेरेपछि ‘पुष्पा २’ को कथा झनै दमदार हुने अनुमान गर्न सकिन्छ । ‘पुष्पा २’ आगामी अगस्ट १५ मा हलमा रिलिज हुँदैछ र यसको पहिलो टिजरले दर्शकमाझ फिल्मको लागि बलियो माहौल बनाउन लागेको छ ।
साभार : डिसी नेपाल
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
5 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
6 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
5 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने