Janakpurdham
Fri, May 03, 2024
`

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई पुर्पक्ष थुनामा राख्न, ६ जनालाई धरौटीमा छाड्न आदेश

13 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ७ : जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्ष थुनामा पठाउने आदेश दिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियाे।

शुक्रबारकाे थुनछेक बहसमा ७ जना उपस्थित भएकामध्ये गुरुङलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हाे।

अदालतले दीपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरेको बताइएकाे छ। अदालतमा अनुपस्थित प्रतिवादीका नाममा भने म्याद जारी गरिएको छ।

सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ, वैशाख २० : आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचन..

16 घन्टा पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अन..

16 घन्टा पहिले

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत..

काठमाडौँ , वैशाख १९ गते ।   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आ..

2 दिन पहिले

भाजपाको चुनावी अभियानमा नेपालका पाँच दललाई निम्तो, कुन प..

काठमाडौं, वैशाख १९ गते । भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभिया..

2 दिन पहिले

इलाममा एमालेको विजयी सभालाई ओलीले सम्बोधन गर्ने

इलाम, वैशाख १८ : इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ। शनिबार भएको उप..

3 दिन पहिले