सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख ९ : नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो।
वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो। ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ।
सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन १.९० र जलविद्युत उपसमूह १.१५ प्रतिशतको बढोत्तरी छ। कारोबारमा आएका कम्पनीमध्ये १ सय ७६ वटाको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। ६३ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
दोल्ती पावर, एनआइसी एसिया लघुवित्त, रुरु जलविद्युत, माथिल्लो हेवाखोला हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट लगायत कम्पनीको सेयरमूल्य बढेको छ।
सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १० करोड २१ लाख रुपैयाको सेयर किनबेच भएको छ। यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावर ७ करोड १९ लाख, रुरु जलविद्युत ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, गोर्खाज फाइनान्सलगायत छन्।
साभार : काठमाडौं प्रेस
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
5 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
5 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले