सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख ९ : नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो।
वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो। ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ।
सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन १.९० र जलविद्युत उपसमूह १.१५ प्रतिशतको बढोत्तरी छ। कारोबारमा आएका कम्पनीमध्ये १ सय ७६ वटाको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। ६३ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
दोल्ती पावर, एनआइसी एसिया लघुवित्त, रुरु जलविद्युत, माथिल्लो हेवाखोला हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट लगायत कम्पनीको सेयरमूल्य बढेको छ।
सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १० करोड २१ लाख रुपैयाको सेयर किनबेच भएको छ। यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावर ७ करोड १९ लाख, रुरु जलविद्युत ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, गोर्खाज फाइनान्सलगायत छन्।
साभार : काठमाडौं प्रेस
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..
काठमाडौं, भाद्र ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..
10 घन्टा पहिले
डा. राजेन्द्र विमलजीको बाल्यकाल : प्रतिभा, प्रकृतिप्रेम ..
दिपेश मल्लिक मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको..
10 घन्टा पहिले
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..
1 दिन पहिले
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..
काठमाडौं, भदाै ४: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..
1 दिन पहिले
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..
2 दिन पहिले