
हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम्म वितरण गरिने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । स्थानीय तह स्तरिय योजना अन्तर्गत वैशाख १६ देखि ३० गते सम्म प्रत्येक वडामा हातिपाइले रोग विरुद्धको औषधि उपलब्ध गराईने अभियान रहेको हो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न जनसमुदायलाई आग्रह गरे । उनले पढेलेखे ब्यक्तिहरुले नै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आनाकानी गरेकोले शहरीक्षेत्रमा समस्यारहेको ध्यानाकर्षण गराए ।
कार्यक्रमका फोकल पर्सन सुबोध कुमार यादवले स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले संस्था, विद्यालय तथा घरदैलोमा गई निशुल्क औषधी वितरण गरिने जानकारी दिए । हात्तीपाईले शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपाय रहेको ध्यानाकर्षण गराए । उनले हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । शरीरमा परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु जस्तै हात्तीपाईले र अण्डकोष सुन्निे गरेको बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. लक्ष्मी गोइतले हात्तीपाईले रोग लागिसकेपछि कसरि उपचार तथा सुरक्षा गर्ने विषयमा बताए ।
उनले हत्पतामा दुई दिन सोमबार र बिहिवार हात्तीपाईले रोगको विरामीहरुका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ओपिडि सञ्चालन रहेको जनाए । कार्यक्रममा समाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण , शिक्षा शाखा अधिकृत अंजु पाण्डे , प्रमुख मेहिलाल यादव, औषधि व्यवसायि संघका पप्पु जलान लगायतका उपस्थिति रहेको थियो ।

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 घन्टा पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
2 घन्टा पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
2 घन्टा पहिले
सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..
2 दिन पहिले
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..
जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..
2 दिन पहिले