
कतार जान टिकट लिइसकेका युवक जनकपुरको होटलमा मृत फेला
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,वैशाख १२ गते । जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यादव मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेकाे थियाे । उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर भागेका थिए ।
मृतकका नातामा दाई पर्ने राकेश यादवले घटना शंकास्पद गरेको बताए । उनले भने, ‘झुण्डिएको कोठा खुल्ला छ । सही सत्य के हो? होटलको सीसी क्यामेरा हेरेर प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’
होटल छाडेर भागेका संचालक (नाम खुल्न नसकेको)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अहिले भर्खर मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि पठाएर आएका छौं । मृतकका आफन्तसंग बुझ्न बाँकी छ ।’
साभार : नेपाल प्रेस

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
5 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
5 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले