
प्लान ईन्टरनेशनलद्वारा तीन दिने आर्ट इज पावर सम्बन्धि कार्यक्रमको आयोजना
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, वैशाख १२ गते । किशोरी र युवा सशक्तिकरणका लागि प्लान ईन्टरनेशनलद्वारा बैशाख १० देखि १२ गते सम्म तीन दिने आर्ट इज पावर सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । धनुषाका सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दी गाउंपालिका गरि जम्मा ५ वटा पालिकावाट २० जना किशोरीहरुको सहभागिता रहेका छन् । कला नै शक्ति हो कार्यशाला आयोजनामा किशोरीहरुले बनाएका चित्रहरु बुधवार एक भव्य समारोह बीच प्रदर्शनी गरिएको हो ।
प्लान ईन्टरनेशनलकी लक्ष्मी चौधरीले पितृसत्तात्मक समाज भएका कारण किशोरीहरु खुलेर बोल्न नसकेको धारणा राखिन् । उनिले किशोरीहरुको कौशल विकास तथा सामाजिक सुधारका लागि कला शक्तिको रुपमा रहेको ध्यानाकर्षण गराईन् । उनले किशोरीहरुको लागि सुरक्षित स्थान नभएकोले कलाको माध्यमवाट आफ्नो समस्याहरु प्रस्तुत गर्ने उल्लेख गरिन् ।
आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघ जनकपुरको साझेदारीमा भएको कार्यक्रममा प्लान इन्टरनेशनलकी युथ कोर्डिनेटर स्मीता थापा , आसमान नेपालीकी रेखा यादव , सविता साह, संजीव सिंह लगायतको उपस्थिति रहेको थियो ।

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
5 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
5 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले