Janakpurdham
Tue, Mar 05, 2024
`

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने आयोगको घोषणा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले ५० हजार पुरस्कार दिने भएको छ ।निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना तष्पतयप२भअल।नयख।लउ मा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्तमध्ये उत्कृष्ट पाँच वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने छ । यसका लागि प्रतियोगीले विभिन्न शर्त भने पालना गर्नुपर्नेछ । 

यस्ता छन् शर्त
१. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।
२. भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुमा आधारित हुनुपर्नेछ ।
४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
५. कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ ।
६. प्राप्त भिडियोमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ ।
७. तोकिएका शर्तको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियो स्वीकार गरिने छैन ।
८.उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।
९. उत्कृष्ट भिडियोमध्ये छनोट समितिको सिफारिसमा रु। ५०,०००।–(पचास हजार) पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ ।
१०. भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
११.आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।

साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेशमा जसपाको नेतृत्व कायम रहला ?

जनकपुरधाम,फागुन २२ गते । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा आलोपालो नेतृत्व गर्ने लगभग सहमति भइसकेको छ । आलो..

1 घन्टा पहिले

चार राजनीतिक दलबीच आठबुँदे सहमति

काठमाडौं, फागुन २२ : नयाँ सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमा..

1 घन्टा पहिले

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं ,फागुन २१ गते । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्..

19 घन्टा पहिले

गठबन्धनसँगै प्रदेश सरकारको नेतृत्व पनि फेरिने, आलोपालो..

काठमाडौं ,फागुन २१ गते ।  नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ।कांग्रेस नेतृत..

1 दिन पहिले

प्रचण्डको नेतृत्वमा चार दलीय नयाँ गठबन्धनको पाँच सदस्य..

काठमाडौं, फागुन २१: नयाँ सत्ता गठबन्धन बन्ने तय भएपछि आज सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद गठन हुने भएको ..

1 दिन पहिले