
स्वास्थ्य कार्यालय धनुषाले हात्तीपाईले निवारण सम्बन्धि सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरे
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, १३ वैशाख । स्वास्थ्य कार्यालय धनुषाले राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम २०८१ को पत्रकारसंग अन्तरिक्रिया कार्यक्रम गरेको छ । बिहिवार आयोजना भएको अन्तरक्रिया कार्यक्रमको उद्देश्य आम औषधी सेवा अभियान अन्तर्गत वैशाख १६ देखि ३० गते सम्म हातिपाइले रोग विरुद्धको औषधि खुवाईने हो । स्वास्थ्य कार्यालय धनुषाका सिअब शिवजी दासले हात्तीपाइले रोग विरुद्धको औषधि खान जनसमुदायलाई आग्रह गरे ।
उनले ग्रामिन जनसंख्या भन्दा बढि सहरि जनसंख्या भएका ब्यक्तिहरु हात्तीपाइले रोग विरुद्धको औषधि खान नचाहेको ध्यानाकर्षण गराए । उनले तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले संघ–संस्था, विद्यालय तथा घरदैलोमा गई निशुल्क औषधी वितरण गरिने जानकारी दिए । हात्तीपाईले शारिरीक रुपमा असक्त गर्ने , असमर्थ तथा अपाङ्ता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गरे मात्रै यो रोग वाट बच्ने उपाय रहेको दाबी गरे ।
उनले हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । शरीरमा परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु जस्तै हात्तीपाईले र अण्डकोष तथा खुट्टा सुनिने गरेको बताए । स्वास्थ्य कार्यालय धनुषाका अधिकृत रामबाबु ठाकुरले हाइटको अनुसार तीन वटा औषधि आइभरमेक्टीन ,DEC र lAbendzole खुवाइने बताए । उनले हात्तीपाइलेको औषधि खादा साईड इफेक्टमा ज्वरो आउने, रिङटा लाग्ने , वाकवाकी लाग्ने, वान्ता हुने , पेट दुख्ने जस्ता सामान्य असरहरु देखा परेको उल्लेख गरे ।
उनले हात्तीपाइले (फाइलेरिया) रोग विरुद्धको औषधि खानु सुरक्षित रहेको धारणा राखे । हात्तीपाइले (फाइलेरिया) रोग नेपाल भन्दा बढि भारत विहारमा धेरै केस फेला परेको जनाए । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादव, जुगल किशोर यादव, अधिकृत नागेश्वर यादव, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, सचिव बटुकनाथ झा लगायतका उपस्थिति रहेको थियो ।

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
16 घन्टा पहिले
काँग्रेस धनुषाका सभापति विरुद्ध पक्राउ पूर्जी
जनकपुरधाम ,कार्तिक २ गते । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएक..
16 घन्टा पहिले
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
2 दिन पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
2 दिन पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
4 दिन पहिले