Janakpurdham
Wed, May 08, 2024
`

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको आयोजनामा दुई दिने तालिम सञ्चालन

11 दिन पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, १४ वैशाख । सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा दुई दिने वैशाख १३ र १४ गते अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम तालिम सञ्चालन भएको छ । धनुषाका विदेह नगरपालिकाका वडा नं. ५ र ७ जनकनन्दनी गाउंपालिका वडा नं. ६ का स्वास्थ्यकर्मीहरु तथा महिला स्वयमसेविकाहरु तालिममा सहभागिता रहेका छन् ।


विदेह नगरपालिकाका समन्वय तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बिहिवार प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन भएको हो ।विदेह नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा करिव १९ जना तालिममा सहभागिता रहेका छन् ।


विदेह नगरपालिकाका निमित प्रमुख एवं प्रशासकिय अधिकृत रामसुन्दर साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक बिभव श्रेष्ठ जानकारी दिए । उनले तालिममा समुदायका प्रारम्भिक बाल बिाकासमा अभिभावकको भूमिका बारेमा समेटको बताए ।


उनले बालबालिकालाई हुर्काउन आमाको मात्रै कर्तव्य नभएर बुवाको जिम्मेवारी आमा सरह नै रहेको ध्यानाकर्षण गराए । गर्भावस्था देखिनै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी आमाको साथ-साथै बुवाले निर्वाह गर्नुपर्ने धारणा राखे । उनले बालबालिका हुर्काउन बुवाले डर त्रास देखाउनु भन्दा बढि बालबालिकाको स्याहार सुसारमा लाग्न आग्रह गरे । तालिमका प्रशिक्षक दिलिप दासले बालबालिकाको दैनिक कार्यमा बुवाको सहभागिता भए कुलत तथा अपधराधिक कृयाकलापमा बालबालिकाहरु पर्दैन भनि बताए । उनले बालबालिकालाई उत्प्रेरणा दिन अभिभावकले विभिन्न प्रकारको अवसरहरु दिनुपर्ने धारणा राखे ।


सामाजिक विकास र अनुसन्धान केन्द्रकी कार्यक्रम अधिकृत निकिता सिंह यादब, प्रशिक्षक विनोद शर्माले लगायतका व्यक्तिहरुले प्राििरम्भक बाल बिकासमा अभिभावकको भूमिका बारेमा विचार व्यक्त गरेको थियो ।

`
12 comments
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग

महोत्तरी, वैशाख २५ गते । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लाग..

12 घन्टा पहिले

जसपा नेपालका प्रदेश र स्थानीय जनप्रतिनिधिलाई निर्वाचन ..

काठमाडौं, वैशाख २५ गते । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सन..

12 घन्टा पहिले

मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : सञ्चारम..

काठमाडौं, वैशाख २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनता..

2 दिन पहिले

जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँ..

काठमाडौं, वैशाख २४ गते । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सो..

2 दिन पहिले

जयशंकरको टिप्पणी-नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर ..

काठमाडौँ ,वैशाख २३ गते । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री ..

3 दिन पहिले