
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा कप्तान रोहितकुमार पौडेलले सानदार शतक प्रहार गरेपछि नेपालले वेस्टइन्डिज एमाथि ४ विकेटको जित निकाल्यो।
२०५ रनको ठूलो लक्ष्य नेपालले २ बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि रोहितले कप्तानी इनिङ खेले। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११२ रन बनाए।
यस्तै, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदा कुशल भुर्तेल र कशुल मल्लले समान १६ रन बनाए।
बलिङमा वेस्टइन्डिज एका ओबेड मकोए र म्याथ्यु फोर्डले समान २ विकेट लिँदा किमो पलले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले कप्तान रोस्टन चेसको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा २०४ रन बनायो।
अन्तिम २ ओभरमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि नेपालले वेस्टइन्डिज एलाई २०४ मै रोक्न सफल भयो। अन्तिम २ ओभरमा उसले १३ रन मात्र बनाउन सकेको थियो।
वेस्टइन्डिज एका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। अन्तिम ओभरको चौथो बलमा आउट भएका उनले ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरे।
यस्तै, ओपनर अलिक अथानाजले २५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए भने केसी कार्टीले ३८ र कदिम अलियनले १४ रन बनाए।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, कलमसिंह ऐरी, अविनाश बोहरा र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए।
सिरिजको दोस्रो खेल भोलि टियू मैदानमै हुनेछ।
साभार : काठमाडौं प्रेस

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
1 दिन पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
1 दिन पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
3 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
3 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
4 दिन पहिले