Janakpurdham
Thu, May 16, 2024
`

महोत्तरीका आगलागी पीडितलाई काठमाडाैँ महानगरले १० लाख दिने

17 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,वैशाख १७ गते । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ । जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए ।

यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुँगुर जलेर नष्ट भएका थिए ।

साभार : विकास टाइम्स

`
12 comments
सचिवमा बढुवा भए लेखनाल पौड्याल र राजेन्द्रप्रसाद मिश्र

काठमाडौं, जेठ ३ : सहजसचिवद्वय लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्र सचिवामा बढुवा भएका छन्। बिहीबार बसेको मन्त..

2 घन्टा पहिले

संसदीय समिति बनाउन सत्ता घटक जिम्मेवार नदेखिएपछि कांग्..

काठमाडौं, जेठ ३ : सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनका लागि सत्ताधारी द..

2 घन्टा पहिले

धनुषा तथा महोत्तरीका चार पालिकामा डिप बोरिङ, २ सय हेक्टर..

जनकपुरधाम,जेठ ३ गते ।  धनुषा तथा महोत्तरी जिल्लाको दक्षिणी भेगमा सिँचाइका लागि पानीको अभाव भएपछि खाद्य तथा पोषण..

2 घन्टा पहिले

एसडिआरसीले गरे जीएसएस प्रोजेक्टको अनुगमन गरियो

जनकपुरधाम जेठ २ गते । धनुष जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालित गल्र्स स्टेन्डिङ स्ट्र..

24 घन्टा पहिले

‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयनमा तीनै तहका सरक..

जनकपुरधाम ,जेठ २ गते ।  नेपालमा वर्षेनी ज्येष्ठ नागरिकको सङ्ख्यामा वृद्धि भएसँगै ज्येष्ठ नागरिक प्रतिको आदर सम..

1 दिन पहिले