Janakpurdham
Tue, Aug 05, 2025
`

मटिहानीका आगलागी प्रभावितलाई नेपाल लाईफ ईन्स्योरेन्सले बाँडे साड़ी 

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम ,२१ गते बैसाख । गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागीका घटना पछि प्रभावितहरलाई राहत दिने क्रम जारी रहेको छ । घटना भए देखि विभिन्न संस्था तथा सरकारी गैरसरकारी संस्थाहरुले ति आगलगी प्रभावितहरुका लागि विभिन्न प्रकारका राहत बाँड्ने गरेका छन् ।

यसै क्रममा बिहिबार नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. प्रदेश कार्यालयको आयोजनामा आगलागी प्रभावित एक सय ४ वटा घरमा तथा ३ जना विपन्न परिवारलाई एक एक थान साड़ी प्रदान गरिएको छ । सो ईन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको सामाजिक सुरक्षा करबाट संचित रकमले साड़ी खरिद गरी आगलागी प्रभावितहरुलाई साड़ी वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. का मधेश प्रदेश प्रमुख दशरथ झाले जानकारी दिनुभयो । केन्द्रिय कार्यालयको सहयोगमा मटिहानी नगरपालिकाको समन्वयमा सो साड़ी सबै प्रभावितलाई बाँडिएको छ ।

घटना भए देखि विभिन्न संस्थाहरुले प्रभावितहरुका लागि राहत स्वरुप खानेकुरा, किरानाका सामानहरु, भाँडाकुडाँ तथा सामानहरु दिइएकाले प्रभावित महिलाहरुलाई साड़ी सहयोग गरेको झाले जानकारी दिनुभयो ।मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अंसारीको उपस्थितीमा प्रभावितहरुलाई राहत वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.का जलेश्वर शाखा प्रमुख रुपेश कुमार झाले जानकारी दिनुभयो । सो राहत वितरणमा नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.कर्मचारी, अभिकर्ता तथा मटिहानी नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

3 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

3 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले