Janakpurdham
Thu, Oct 15, 2026
`

मटिहानीका आगलागी प्रभावितलाई नेपाल लाईफ ईन्स्योरेन्सले बाँडे साड़ी 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम ,२१ गते बैसाख । गत बैसाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा बस्तीमा भएका आगलागीका घटना पछि प्रभावितहरलाई राहत दिने क्रम जारी रहेको छ । घटना भए देखि विभिन्न संस्था तथा सरकारी गैरसरकारी संस्थाहरुले ति आगलगी प्रभावितहरुका लागि विभिन्न प्रकारका राहत बाँड्ने गरेका छन् ।

यसै क्रममा बिहिबार नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. प्रदेश कार्यालयको आयोजनामा आगलागी प्रभावित एक सय ४ वटा घरमा तथा ३ जना विपन्न परिवारलाई एक एक थान साड़ी प्रदान गरिएको छ । सो ईन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको सामाजिक सुरक्षा करबाट संचित रकमले साड़ी खरिद गरी आगलागी प्रभावितहरुलाई साड़ी वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि. का मधेश प्रदेश प्रमुख दशरथ झाले जानकारी दिनुभयो । केन्द्रिय कार्यालयको सहयोगमा मटिहानी नगरपालिकाको समन्वयमा सो साड़ी सबै प्रभावितलाई बाँडिएको छ ।

घटना भए देखि विभिन्न संस्थाहरुले प्रभावितहरुका लागि राहत स्वरुप खानेकुरा, किरानाका सामानहरु, भाँडाकुडाँ तथा सामानहरु दिइएकाले प्रभावित महिलाहरुलाई साड़ी सहयोग गरेको झाले जानकारी दिनुभयो ।मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अंसारीको उपस्थितीमा प्रभावितहरुलाई राहत वितरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.का जलेश्वर शाखा प्रमुख रुपेश कुमार झाले जानकारी दिनुभयो । सो राहत वितरणमा नेपाल लाइफ ईन्स्योरेन्स कं.लि.कर्मचारी, अभिकर्ता तथा मटिहानी नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

3 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

3 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले