आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटले विजयी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा आसिफ सेख र अनिल साहले अर्धशतक प्रहार गरेपछि नेपालले वेस्टइन्डिज एलाई ६ विकेटले हरायो।
यो जितसँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ। नेपालले पहिलो खेल ४ विकटले जितेको थियो भने त्यसपछिका लागतार तीन खेल वेस्टइन्डिजले १०, ७६ र २८ रनले जितेको थियो।
१७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका अनिलले सर्वाधिक ५८ रन बनाए। उनले ४५ बलमा समान ४ चौका र छक्का प्रहार गरे।
यस्तै, आसिफ सेखले ५१ रन बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यो सिरिजमा कप्तान रोहितकुमार पौडेलपछि यी दुईले मात्रै अर्धशतक बनाएका छन्। अनिल र आसिफले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपालको जितको आधार खडा गरे।
अन्त्यतिर कुशल मल्लले पनि विस्फोट ब्याटिङ गरे। उनले १८ बल खेल्दै समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। उनले ओबेड मकोइको १८औं ओभरमा २२ रन बनाएका थिए।
बलिङमा वेस्टइन्जिका मकोइले ३ तथा म्यथ्यु फोर्डले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनायो।
वेस्टइन्डिज एका लागि एलिक एथानाइजले सर्वाधिक ४२ रन बनाए। उलने २९ बलम १ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोस्ट चेसले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।
वेस्टइन्डिजलाई थोरै योगफलमा रोक्ने क्रममा सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अर्को विकेट अविनाश बोहराको नाममा रह्यो।
साभार : काठमाडौं प्रेस
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..
काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..
13 घन्टा पहिले
मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..
जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..
13 घन्टा पहिले
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
2 दिन पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
2 दिन पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
3 दिन पहिले