आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटले विजयी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा आसिफ सेख र अनिल साहले अर्धशतक प्रहार गरेपछि नेपालले वेस्टइन्डिज एलाई ६ विकेटले हरायो।
यो जितसँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ। नेपालले पहिलो खेल ४ विकटले जितेको थियो भने त्यसपछिका लागतार तीन खेल वेस्टइन्डिजले १०, ७६ र २८ रनले जितेको थियो।
१७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका अनिलले सर्वाधिक ५८ रन बनाए। उनले ४५ बलमा समान ४ चौका र छक्का प्रहार गरे।
यस्तै, आसिफ सेखले ५१ रन बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। यो सिरिजमा कप्तान रोहितकुमार पौडेलपछि यी दुईले मात्रै अर्धशतक बनाएका छन्। अनिल र आसिफले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपालको जितको आधार खडा गरे।
अन्त्यतिर कुशल मल्लले पनि विस्फोट ब्याटिङ गरे। उनले १८ बल खेल्दै समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। उनले ओबेड मकोइको १८औं ओभरमा २२ रन बनाएका थिए।
बलिङमा वेस्टइन्जिका मकोइले ३ तथा म्यथ्यु फोर्डले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनायो।
वेस्टइन्डिज एका लागि एलिक एथानाइजले सर्वाधिक ४२ रन बनाए। उलने २९ बलम १ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोस्ट चेसले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।
वेस्टइन्डिजलाई थोरै योगफलमा रोक्ने क्रममा सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अर्को विकेट अविनाश बोहराको नाममा रह्यो।
साभार : काठमाडौं प्रेस
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
3 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
3 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने