
बालमिकी स्थानमा केहि गलत व्यक्तिकाे समुहले दुखः दिन खोजेको महन्थ दास त्यागिको आरोप
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, वैशाख २८ गते ।महोत्तरी बलबा नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको बालमिकी स्थान भगवानको मन्दिरमा केहि गलत व्यक्तिहरुको समुहले दुखः दिन खोजेको आरोप महन्थ रामशंकर दास त्यागीले लगाएको छ ।
शुक्रवार बालमिकी स्थानका महन्थ त्यागीले पत्रकार सम्मेलनको आयोजना गरि आरोप लगाएको हो ।
उनले गुरु सिस्य परम्परा अनुसार गुरुदेव रामशोभा दासको नाउंमा दर्ता रहेको मन्दिरको सात कठ्ठा जग्गा निजि गुठ्ठिको रुपमा भगवान बालमिकीको नाउमा रहेको उल्लेख गरे ।
महन्त दास त्यागीले मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई कुनै प्रकारको बन्देज नरहेको बताए । उनले बालमिकी मन्दिर शिष्यहरुको सहयोग तथा स्थानकै उब्जाबाट चलेको ध्यानाकर्षण गराए ।
उनले केहि व्यक्तिहरुको जमातले मन्दिरको छानामा पाथरवाजी गरेको र मन्दिरको ढोका बन्द नगर्नका लागि धाक–धम्की समेत दिएको आरोप लगाए ।
उनले परोल बजार कारीक बाबाको मन्दिरमा सोमवार र शुक्रवार बलि चढाउने प्रथा रहेकोले मांसमदिरा खानपान गरेका व्यक्तिहरु बलजपति बालमिकी मन्दिर भित्र प्रवेश गर्न खाेजेकाे आराेप लगाए ।
उनले किशानी गर्नेहरु आफ्नो खेतीमा व्यस्त रहेको र गाउंलेहरु पनि कुनैप्रकारका असहयोग नगरेको जनाए । महन्त दासले जिउधनको सुरक्षाको मांग गर्दै मन्दिर भित्र कुनै प्रकारको असोभनिय क्रियाकलाप नहुन दिनका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।
त्यस्तै, उनले विदेशी नागरिकले पनि बलबा नगरपालिकामा जन्मशिद्ध तथा वंशज नागरिकता लिएको दावी गरे । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता छानविन गर्नका लागि उजुरि दिएको ध्यानाकर्षण गराए ।

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
3 घन्टा पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
3 घन्टा पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
2 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
2 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
3 दिन पहिले