‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयनमा तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छ’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ २ गते । नेपालमा वर्षेनी ज्येष्ठ नागरिकको सङ्ख्यामा वृद्धि भएसँगै ज्येष्ठ नागरिक प्रतिको आदर सम्मानमा कमी हुन थालेकोमा सरोकारवाला निकायका व्यक्तिहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।
मधेश प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको“ज्येष्ठ नागरिक ऐन २०६३ को कार्यान्वयनको अवस्था” विषयक कार्यक्रममा सहभागीहरूले ऐनको प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार तथा निजी क्षेत्र गम्भीर हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
मधेश प्रदेशका निवर्तमान गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले ऐनमा भएको प्रावधानहरूको कार्यान्वयनका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूप्रति परिवारका सदस्य नै बढी संवेदनशील भए समस्याहरू स्वतः समाधान हुने बताउनुभयो ।
अध्यक्षको आसनबाट राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले ज्येष्ठ नागरिकहरू घरपरिवार तथा देशका लागि योगदान गरेकाले उहाँहरूको योगदानको कदरका लागि ऐनको निर्माण भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले ज्येष्ठ नागरिकको सम्मान घरबाट हुने गरि पाठ्यक्रम सुधार गर्नुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले ज्येष्ठ नागरिकहरूका लागि संविधानले ग्यारेन्टी गरेका कुरा राज्यले प्रदान गर्न नसकेको बताउनुभयो ।
संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका नेपालस्थित केन्द्रीय कार्यालयका कार्यक्रम विश्लेषक समीर घिमिरेले ज्येष्ठ नागरिकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै हालै सार्वजनिक भएको जनगणनाको नतिजा अनुसार मुलुकमा वृद्ध–वृद्धाको सङ्ख्या २९ लाख ७७ हजार २ सय १८ जना रहेको र उक्त सङ्ख्या कूल जनसङ्ख्याको १०.२ प्रतिशत रहेको बताउनुभयो । गत जनगणनामा कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिक ८.३ प्रतिशत मात्र रहेका थिए ।
अहिले राज्यले ज्येष्ठ नागरिकलाई वार्षिक रुपमा ४५ अर्ब भत्ता वितरण हुने गरेको बताउँदै अधिवक्ता राजकुमार महासेठले यो भत्ता गरिब तथा विपन्नलाई मात्र दिँदा राज्यको ठूलो रकम जोगिने र त्यसलाई विकास निर्माणमा खर्च गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।
साभार : रेडियो नेपाल
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने