जानकी नवमीको अवसरमा जनकपुरधाममा धार्मिक मेला
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ ४ गते । जानकी नवमीको अवसरमा आज जनकपुरधाममा विशेष धार्मिक मेला लागेको छ ।
प्रत्येक वर्ष वैशाख शुक्लपक्ष नवमी तिथिका दिन जगत जननी माता जानकी मानव कल्याणका लागि तत्कालीन मिथिलाका राजा जनकको पुत्रिका रुपमा आजैका दिन पृथ्वीबाट अवतरित भएको धार्मिक विश्वासका साथ जनकपुरधाम सहित देशभरिका मठ मन्दिरहरूमा विभिन्न धार्मिक अनुष्ठान सहित जानकी नवमी पर्व मनाउने चलन रहेको छ ।
आज जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर धनुषसागर, विहारकुण्ड, रत्नसागर जस्ता पोखरी एवं तलाउ तथा धार्मिक महत्वको दुग्धमति नदिमा स्नान गरेर जानकी मन्दिर सहितका अन्य मठमन्दिरहरूमा विशेष पूजापाठ गरिरहेका छन् ।
जानकी जन्म महामहोत्सवको अवसर पारेर जानकी मन्दिरमा ९ दिवसीय विविध धार्मिक अनुष्ठानको आयोजना गरिइएको छ । आज बिहान जनकपुरधामको प्रसिद्ध धार्मिक महत्वको नदी दुग्धमतिको बसविट्टी घाटमा शाही स्नान स्नान सम्पन्न भएको छ ।
शाही स्नानमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, रामरोशन दास वैष्णवले जनकपुरधामका साधुसन्तहरुका अतिरिक्त भारतका वृन्दावन, चित्रकुट, अयोध्या तथा बनारसबाट साधुसन्तहरु सहभागी हुनु भएको छ । ।
जानकी जन्म महोत्सवको अवसरमा जानकी मन्दिर परिसरमा बधाई गान, मंगलगान, सन्ध्या आरती, भजन तथा राम कथा आयोजना हुँदै आएको जानकी नवमीको धार्मिक अनुष्ठानमा भाग लिनका लागि स्वदेशी तथा भारतीय तीर्थयात्रीहरू ठूलो सङ्ख्यामा सहभागी हुनु भएको छ ।
त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकले राज्यमा अनिकाल परेको वेलामा देवी देउताहरूको सल्लाहमा आफैले हलो चलाउँदा माता जानकी धर्तीबाट प्रकट भएको बाल्मिकीरामायणमा उल्लेख रहेको छ । जानकी जन्म महोत्सवको अवसर पारेर जानकी मन्दिरलाई विशेष रुपमा सजाउने काम भएको छ ।
उता मधेश प्रदेश सरकारले जानकी नवमीको अवसर पारेर मधेश प्रदेश भरि आज सार्वजनिक बिदा दिएको छ ।
साभार : रेडियो नेपाल
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
14 मिनट पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
53 मिनट पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
24 मिनट पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने