
कठालमा सामुहिक सम्बाद र अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, जेठ ७ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.६ बल्हा कठालमा संचालनमा रहेको सामुहिक सम्बाद समुह तथा अभिभावक शिक्षा समुहले बालबालिकाको गर्भावस्था देखि दुई वर्ष सम्मको विकासका बारे बुझेर आफ्ना संतानको सार्वाङगिक विकासमा लागेका छन् । प्लान ईन्टरनेसन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारीमा संचालित गल्र्स स्टेन्डिङ स्ट्रोङ प्रोजेक्ट अनतरगत आफुहरुले सिकेका कुराले वडाभित्रका गर्भवती महिला तथा दुई वर्ष सम्मका बालबालिकाको विकासमा लागेको स्थानीय समता यादवले बताउनु भयो । सहभागीहरुलाई सथानीय सहजकर्ता रामवली यादवले साना नानीबाबुहरुको पालनपोषणमा आमाबुवाहरुको समान सहभागीताको फाइदाको विषयमा जानकारी गराउनु भएको थियो ।
सामहिक स्म्बादमा सहभागी महिलाहरुले अभिभावक शिक्षाका क्रममा आफुहरुले महिला गर्भवती भएपछि पहिलाको तुलनामा उसलार्ई थप पोष्टिक खाना, आराम दिनुका साथै गर्भमा रहेका शिशुको विकासका लागि बिशेष खानापानको व्यवस्था गर्नुपर्ने जानकारी पाएको बताईन । साथै गर्भावस्था देखि २ वर्ष सम्मको बालबालिकाको सर्वाङगिक विकास गर्न विशेष ध्यान दिनुपर्ने थाहा पाएको उनिहरुको भनाई छ । गर्भवती आमा तथा बच्चा विकासका लागि विशेषध्यान दिनुपर्ने बताउदै उहाँ यसो नगर्दा बालबालिकाहरु अपाङग तथा पुर्ण स्वस्थ्य नहुन सक्ने बताउनु भयो । सहभागी महिलाहरुलाई जानकारी दिदै परियोजनाका फिल्ड सुपरभाइजर विजय साहले आफुहरु गर्भदेखि ३ वर्ष सम्म बालबालिकाको विकासका लागि अभिभावक शिक्षा, सामुहिक समबाद लगायतका तरिकाले अभिभावकहरुलाई जानकारी गराई बालबालिकाहरुको सर्वाङगिक विकासको बारेमा जानकारी गराएको बताउनु भयो ।
उहाँले विभिन्न समुह बनाई अभिभावक शिक्षामा प्रारम्भिक बालबिकासमा बच्चाको विकासका लागि आमा जस्तै बुवाले पनि संगै मिलेर काम गरे ति बालबालिकाको सामाजिक, मानसिक संबेगात्मक, बौद्धिक , भाषिक विकास हुने गरेकाले आमाबुवाले आफ्ना सन्तानको सर्वाङगिक विकासका लागि आमा जस्तै बुवाले पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
11 घन्टा पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
11 घन्टा पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
2 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
2 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
3 दिन पहिले