फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने निर्वाचन आयोगको चेतावनी
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने चेतावनी दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै फेसबुक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्य दृश्य सामग्री प्रकाशन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो चेतावनी दिएको हो ।आयोगले त्यस्ता झुट फेसबुक पेज र ग्रुप सिर्जना गरी दलका नेताविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ङ) को प्रतिकूल रहेको जनाएको छ ।उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुट फेसबुक पेज र ग्रुप तत्काल हटाई यसपछि यस किसिमका गतिविधि नगर्न आयोगले आग्रह गरेको छ । साथै, उक्त फेसबुक पेज र ग्रुप तत्काल नहटाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।साभार : नेपाल प्रेस

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
24 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
24 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
2 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
2 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
3 दिन पहिले