Janakpurdham
Wed, Aug 06, 2025
`

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरद्वारा अभिभावक शिक्षा कार्यक्रमकाे आयाेजना

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ९ । धनुषा विदेह नगरपालिका वडा नं. ७ नवटोलिमा गर्भवति महिला तथा पांच वर्ष सम्मको बालबालिकाको अभिभावकहरुलाई समूह बनाई महिनै पिच्छे अभिभावक शिक्षा कार्यक्रम दिने गरेको छ । 

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको आयोजना र विदेह नगरपालिकाको समन्वयमा बुधवार सञ्चालित कार्यक्रममा सहभागीहरुलाई अभिभावकको मुख्य दायित्वको बारेमा सशक्त बनाउन प्रशिक्षण दिईएकाे हाे ।

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरका फिल्ड सुपरभाईजर दिव्या झाले कार्यक्रममा २० जना महिलाहरु सहभागि रहेका बताईन । 

उनले डिहबार बाबा अभिभावक समूह र मां भगवती अभिभावक शिक्षा समूह गरि दुईटा समूह रहेको खुलाईन । 

उनले कार्यक्रममा सहभागिहरूलाई बाल सन्देश शिक्षाका संगै बालबालिकाहरूलाई हाैसला बढाउन उत्प्रेरणा प्रदान गर्नका लागि प्रेरित गरेकाे बताइन् ।

विदेह नगरपालिका गिद्दा हेल्थ पोष्टका कर्मचारी एवं प्रशिक्षक अरविन्द गोईतले बालबालिकाकाे भावना बुझी कुनै प्रकारकाे शारीरिक यातना नदिई प्रेम पूर्वक व्यवहार गर्न अभिभावकलाई प्रेरित गरे ।

उनले बालबालिकाकाे मस्तिष्क विकासमा वंशानुगत गुुण तथा वातावरणकाे प्रमुख भूमिका रहेकाे जनाए ।

नवटाेलीकी महिला स्वयमसेविका एवं सहजकर्ता खुस्बु दासले प्लान इन्टरनेशनल नेपाल कार्यक्रमका मुख्य सहयोगीको रुपमा रहेको बताईन ।

उनले अभिभावक शिक्षा कार्यक्रमले हामी सहभागी महिलाहरूलाई बालबालिकाकाे जिम्मेवारी प्रति संम्वेदनशिल गरेकी धारणा राखिन् । कार्यक्रममा विदेह नगरपालिकाका सह संयाेजक नजिर नदाफ पर्यवेक्षकका रूपमा रहेकाे थियाे ।

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

12 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

12 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले