Janakpurdham
Wed, Aug 06, 2025
`

धनुषामा क्रसरको फित्तामा बेरिएर एकको मृत्यु, एक घाइते

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ १० गते । धनुषामा सञ्चालनमा रहेको एक क्रसरमा उद्योगमा ढुङ्गा फोड्ने फित्तामा बेरिएर एक जना युवकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंं ६ मा सञ्चालनमा रहेको कमला स्टोन क्रसरमा युवकको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा भेटिएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नंं ६ गोदरका वर्ष २० को अर्जुन यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनु भएको छ । 

मजदुरका रुपमा काम गर्ने यादवको राति ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यसै गरि सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने वर्ष ४५ को खेमकुमार मगर घाइते भएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिनु भयो । 

मृतकका मामा खुसीलाल यादवले घटना हत्या हुन सक्ने शङ्का रहेको दाबी गरेका छन् । घटनापछि क्रसरका सञ्चालकहरू फरार भएको पीडितले जानकारी दिँदै यसको प्रभावकारी अनुसन्धानका लागि माग गरेको छ । 

यसै बीच मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने काम भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।  

साभार : रेडियो नेपाल

`
12 comments
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..

12 घन्टा पहिले

प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..

12 घन्टा पहिले

धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

1 दिन पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

1 दिन पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

3 दिन पहिले