
साना व्यवसाय संचालन गर्न महोत्तरीमा सामग्री वितरण
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम जेठ १२ गते । जिविकोपार्जनका लागि साना व्यवसाय संचालन गर्न महोत्तरी जिल्लाका दुई पालिकाका सेवाग्राहीलाई सामग्री वितरण गरिएको छ । इस्लामिक रिलिफ युएसए को आर्थिक सहयोग र इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको सहजिकरणमा संचालित उत्थानसिल सामुदायको निर्माण परियोजना अन्र्तगत महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका वडा नं. २ र ७ तथा बलवा नगरपालिका वडा नंं १ र ३ का साना व्यवसायको लागी बिहिबार र शुक्रबार सो सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रम अन्र्तगत लोहरपट्टी नं.पा.मा ३ जना लाभग्राहीलाई नास्ता पसल संचालन गर्न सामग्री र २१ जना लाभग्राहीलाई किराना पसलका सामग्रीहरु लोहरपट्टी नं.पा.वडा नं.७ का वडा अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा वितरण गरियो ।
दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुरको प्रमुख अतिथि तथा इस्लामिक रिलिफ नेपालका उत्थानसिल सामुदायको निर्माण परियोजनाको परियोजना अगुवा दिपेन्द्र चौधरीको बिशिष्ठ अतिथ्यमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । त्यसै गरी बलवा नगरपालिका वडा नं.३ मा ५ जना लाभग्राहीहरुलाई नास्ता पसलका सामग्री र १५ जना लाभग्राहीलाई किराना पसलका सामग्रीहरु बलवा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष राम शरण यादव को अध्यक्षता तथा दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुरको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।
इस्लामिक रिलिफ नेपालका उत्थानसिल सामुदायको निर्माण परियोजनाको परियोजना अगुवा दिपेन्द्र चौधरी बिशिष्ठ अतिथिको उपस्थितिमा सो सामग्रीहरु वितरण गरिएको छ । सो परियोजना अन्तरगत खैलोना पसल, जुत्ता चप्पल पसल, सिलाई कटाई पसल, भाडा वर्तन र कस्मेटिक पसलहरुको सामग्रीहरु साना व्यवसायको लागी उघमशिलता विकास तालिम लिएको २१ जना लाभग्राहीको वितरण गरिने योजना रहेको उत्थानसिल सामुदायको निर्माण परियोजनाको कार्यक्रम संयोजक उमेश साहले जानकारी दिनु भयो ।

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको म..
काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कास..
13 घन्टा पहिले
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्क..
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच ..
13 घन्टा पहिले
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा
काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..
1 दिन पहिले
कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..
काठमाडौं ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..
1 दिन पहिले
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
3 दिन पहिले