Janakpurdham
Thu, Oct 15, 2026
`

तराई-मधेशमा उखरमाउलो गर्मी : ठाउँठाउँका विद्यालयलाई छुट्टी दिइयो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ १६ गते । उखरमाउलो गर्मीले देशभरसँगै विशेषगरी तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ ।

केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । तापमान बढेसँगै तातो हावा (लू) पनि चलेको छ । बि १०/११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ । पंखामा पनि तातो हावाका कारण दैनिक जीवन कष्टकर बनेको छ ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान छ । घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् मानिसहरु । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सातु सर्वत बेच्ने, ठेलावालहरू पनि छहारी खोजिरहेको देखिन्छ ।

 गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि जनकपुरधाम उपमहानगरले भोलिदेखि ५ दिनका लागि विद्यालय बिदा दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गर्मी अत्यधिक बढेकाले ५ दिन आकस्मिक गर्मी बिदा दिएको जानकारी दिए ‌। उनका अनुसार ज्येष्ठ १७ गतेदेखि २१ गतेसम्मका लागि उपमहानगरका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछ ।

उपमहानगरको सूचनामा भनिएको छ, ‘गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै ५ दिन बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द हुने व्यहोरा अनुरोध छ ।’

यस्तै रौतहटको गौर नगरपालिका र कटहरीया नगरपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

3 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

3 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले