जनकनन्दिनीमा गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाको समिक्षा बैठक सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ १६ गते । बालबालिकाहरुको उचित पालनपोषण तथा उत्तरदायि स्याहार र पुर्ण क्षमतालाई बलियो बनाउने उद्देश्यले धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाको पालिका स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक बिकास र अनुसन्धान केन्द्र तथा सामुदायिक परिवार कल्याण संघको सहकार्यमा विदेह नगरपालिकाको समन्वयमा संचालित सो परियोजनाको बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । सो बैठकमा बोल्दै सामुदायिक बिकास र अनुसन्धान केन्द्रका अध्यक्ष मञ्जु यादवले जनचेतनाका लागि आफुहरुले पालिका स्तरमा बालबालिकाहरुको सम्पुर्ण विकासका लागि कार्यगर्दै आएको बताउदै अगामी दिनमा पालिकाले यस्तो कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । परियोजनाले गर्भमा रहेको बालबालिकाहरुको विकास देखि नै उनिहरुको पुर्ण क्षमताका लागि कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । सो समिक्षा बैठकमा बोल्दै जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेश यादवले उक्त परियोजनाको असर दिर्घकालिन रहेकोले तत्काल फाइदा नदेखिन पनि सक्ने बताउनु भयो ।
गर्भबस्था देखि शिशु र उसको आमाको स्वास्थ संग सम्बन्धित रहि बालबालिकाको विकासका लागि संचालित गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाले किशोरीहरुको क्षमता विकासमा कोषेढुङगा सावित हुने बताउन्ु भयो । सो बैठकको अध्यक्षता गर्नुभएका गाउँपालिका उपाध्यक्ष कमला सहगलले परियोजनामा सहभागि भएका आमा समुह, बलबालिकाहरुका धेरै साकारात्मक परिवर्तन भएको जानकारी दिनुभयो ।
अहिले पालिकाको ३ वटा वडामा संचालित यो परियोजनालाई आगमी दिनमा अन्य वडामा समेत संचालन गर्न दातृनिकाय संग आग्रह गर्दै लागुपदार्थ दुव्यसनबाट युवा जमातहरु विग्रिरहेकाले उनिहरुको क्षेत्रमा समेत कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । समिक्षा बैठकमा जनकनन्दिनी गाउँपालिकाका विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुखहरुले यो परियोजनाले ग्रामिण महिलाहरुमा गर्भावस्थामा खानुपर्ने औषधिहरुको बारेमा, प्रारम्भिक बालविकासका बारेमा, सुनौलो हजार दिन लगायतका विषयमा जानकारी भएको बताउनु भयो । यो परियोजनाले पुरुषहरुलाई पनि आफ्ना सन्तान प्रतिको दायित्व बोध गराई घरमा आमा जस्तै बुवाहरुले पनि गर्नुपर्ने कामहरुका बारेमा जनचेतना जगाउन परियोजना सफल भएको स्वास्थ्यकर्मीहरुले बताएका थिए ।
सो समिक्षा बैठकमा नेतृत्व र निर्णय परियोजना अन्तरगत बालिकाहरु र युवा महिलाले परिवर्तनको नेतृत्व गने, आफ्नो शरीर माथि आफ्नै निर्णय गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको परियोजना संयोजक यमलाल साशंकरले जानकारी दिनुभयो । उहाँले एक वर्ष सम्म पयिोजना अनतरगत भएका कामहरुको बारेमा सहभागीहरुलाई एक वर्षमा गरेको कामको समिक्षा गर्दै कार्यपत्र मार्फत जानकारी गराउनु भयो । त्यस्तै सामाजिक विकास र अनुसन्धान केन्द्रका तर्फबाट गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाका परियोजना संयोजक विवश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो ।उहाँले अहिले सम्म भएको कामको बारेमा जानकारी गराउनु भएको थियो । यो परियोजना जनकनन्दिनी गाउँपालिकाको वडा नं. ३,४र ६ मा संचालित छन् ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
3 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
3 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने