Janakpurdham
Thu, Oct 15, 2026
`

तीन तहका सरकारको झण्डै ९६ अर्ब बेरुजु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १७ : तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्व ६० करोड रुपैंया बेरुजु देखिएको देखिएको छ।

महालेखा परीक्षकले संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ।

यस वर्ष ७८ खर्व ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकामा ३ हजार २७७ संघीय सरकारी निकाय तथा कार्यालयको २४ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणवाट ४६ अर्व ५४ करोड (१.८९ प्रतिशत) र प्रदेश निकाय तथा कार्यालय १ हजार २७० को ३ खर्व २३ अर्व ३४ करोडको लेखापरीक्षणवाट ६ अर्व ५७ करोड (२.०३ प्रतिशत) बेरुजु देखिएको छ।

इस्तै, २१७ समिति तथा अन्य संस्थाको २ खर्ब ९६ अर्थ ८५ करोडको लेखापरीक्षणबाट २ अर्व ३३ करोड (०.७८ प्रतिशत) र ७४८ स्थानीय तह (बक्यौता २ समेताको ११ खर्व ३९ अर्व १९ करोडको लेखापरीक्षणबाट ३१ अर्व १ करोड (२.७२ प्रतिशत) बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ९३ सार्वजनिक संस्थाको ३६ खर्व ६१ अर्व ११ करोडको लेखापरीक्षणवाट ९ अर्व १५ करोड (०.२५ प्रतिशत) बेरुजु छ।

साथै सङ्गठित संस्थाको लेखापरीक्षणक नियुक्तिको लागि परामर्श उपलव्ध गराइएका ४२ संस्थाको १४ खर्ब ८८ अर्व ५६ करोडको लेखापरीक्षण गरिएकोमा परामर्श उपलव्ध गराइएका संगठित संस्थासमेत ९३ खर्व ७० अर्व १६ करोडको लेखापरीक्षण गरिएको छ।

गत वर्षसम्मको बाँकी बेरुजु ५ खर्व ८७ अर्व ३४ करोडमा फस्र्योट तथा समायोजन गरिएको अङ्ग १३ अर्व ८ करोड घटाई यो वर्ष थप भएको ९५ अर्व ६० करोडसमेत ६ खर्ब ६९ अर्व ८६ करोड बाँकी रहेको छ।

लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष २२ अर्व १७ करोड असुल भएको छ । अद्यावधिक कारवाही गरी टुंगो लगाउनुपर्ने रकम गत वर्षसम्म ३ खर्व ७२ अर्व ४५ करोड रहेकोमा यो वर्ष ५ खर्ब १३ अर्ब ४० करोड पुगेको छ ।

म्याद ननाघेको पेश्कीलाई लगती बेरुजु कायम नगरिएकोले बेरुजु अंग र प्रतिशत घटेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

3 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

3 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले