
ॐआरसीएसका विद्यार्थीद्वारा बिद्यालय क्षेत्रमा बृक्षारोपण सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, जेठ १८ गते ।अत्यधिक गर्मीका कारण जहाँ जनकपुरधाम उपमहानगरपालिकाले शैेक्षिक संस्थाहरुलाई पाँच दिनका लागि बन्द गर्ने निर्णयको पालना गरी बिद्यालयहरु बन्द रहेको बेला जनकपुरधाम १ स्थित ॐ आरसीएस स्कुलका बिद्यार्थीहरुले बिद्यालय क्षेत्रमा बृक्षारोपण गरिएको छ । रुख बिरुवाको कटान भईरहदा गर्मी संगैँ पानीको हाहाकार भईरहेको बेला मात्र कितावी ज्ञान भन्दा बिद्यार्थीहरुले नै बिभिन्न समुह बनाएर सीता चौक क्षेत्रका विभिन्न ठाउँ नीम, पिपल लगायतका विरुवाहरु रोपेका छन् ।
सो विद्यालयका प्रधानाध्यापक अवधेश तिवारीको अध्यक्षता र शिक्षकद्वय शरद कुमार झा तथा जीवन आलेको संयोजकत्वमा सो क्षेत्रका खाली जग्गाहरुमा बिभिन्न जातका ५० वटा विरुवा लगाइएको शिक्षक झाले जानकारी दिनुभयो । ‘वातावरण जोगाँउ, पर्यावरण जोगाँउ’ जस्ता विषयमा विभिन्न मञ्चमा भाषण मात्र दिएर हुदैन त्यसको लागि नियमित रुपमा सानै देखि बालबालिकाहरुलाई रुखको महत्वका बारेमा जानकारी गराई उनिहरुबाट नै बृक्षारोपण गराउँदा भविश्यमा यस्ता कार्यहरु प्रति विद्यार्थीहरुको रुची बढ्ने भएकाले यो सराहनीय काम रहेको वातावरणका क्षेत्रमा काम गर्ने ग्रीन स्पेस नेपालका अध्यक्ष धीरज साहले जानकारी दिनुभयो । सो बृक्षारोपण कार्यमा ॐ आरसीएस स्कुलका बिद्यार्थीहरु बिबेक साह,निशान्त ठाकुर,कुशल मंडल,सोनु मिश्रा लगायत कक्षा ८,९ र १० का छात्रछात्राहरुले बृक्षारोपण कार्य सम्पन्न गरेको शिक्षक झाले जानकारी दिनुभयो ।

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..
काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..
1 दिन पहिले
लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..
काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..
1 दिन पहिले
‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’
काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..
2 दिन पहिले
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..
2 दिन पहिले
जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..
काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..
4 दिन पहिले