जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धनुषा ,जेठ १९ गते । जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको हो ।
दुई दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको हो । मेलाको नेपाल उद्योग परिसङ्घले संयोजन गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलका अनुसार मेलामा रोजगारीसहितका कक्ष रहने छन् । कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको उनले बताए ।
युवाहरुलाई उद्योगमा रोजगारी दिन उद्योगीसँग मन्त्री अर्यालको आग्रह
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन् ।
मधेश प्रदेशको जनकपुरधाममा श्रमाधान रोजगार मेला उद्घाटन् गर्दै मन्त्री अर्यालले बेरोजगारी समस्या समाधान गर्न उद्योगीहरुको सहयोग आवश्यक रहेको बताए । उनले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औंल्याए ।
उनले भने, ‘कुनै पनि कार्यक्रम गर्नुको पछाडी उदेश्य हुन्छ । त्यस्तै एउटा उदेश्य बोकेर श्रमाधान रोजगार मेला सुरु गरेका छौं । स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो ।’
‘श्रमाधान मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी छैन्, उनले भने,‘मेलाले श्रमिक र रोजगारदाताका समस्यारआवश्यकताबारे बुझ्न सकिन्छ । त्यसपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्न सहज हुन्छ भन्ने विश्वास छ ।’
सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरू गरेको मन्त्री अर्यालको भनाई छ ।
उनले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था औंल्याउँदे मधेशको युवा पुस्तामा यस्तो समस्या अझ धेरै रहेको बताए । मधेश प्रदेशका सबै नागरिकलाई यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रमबजारको आवश्यकता अनुसार शिप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे ।
मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको पनि जानकारी गराए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालको भनाइ छ । मन्त्रालयले अझ उत्कृष्ठ काम गर्ने पनि विश्वास दिलाए ।
साभार : नेपाल प्रेस
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
10 मिनट पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुà¤..
12 मिनट पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
24 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
24 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
2 दिन पहिले