Janakpurdham
Tue, Aug 05, 2025
`

जनकपुरधाम बसहियामा पर्यावरण मैत्री शौचालय निर्माण 

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ २२ गते ।

British Council र नेपाल युवा संस्था संजालको सहकार्यमा जनकपुरधामका युवा अभियानी आभाष कर्णले पर्यावरण मैत्री शौचालयको निर्माण गराएका छन् ।

उनले खुल्ला दिसा पिसाब मुक्त अभियानको परियोजना अन्तर्गत युवा समुहहरु आयुष कर्ण र सिता पौडेलले सहयोग गरेको जानकारी दिए ।   

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ वडा कार्यालयवाट सिफारिस प्राप्त भएको मुसहर, चमार र अति विपन्न चार परिवारको घरमा शौचालय निर्माण भएको जनाए । 

उनले बसहियाका अकलु सादा, रामनाथ सादा, सुरेश पासवान र शम्भु कर्ण भन्ने व्यक्तिहरुको घरमा शौचालय निर्माण भएको उल्लेख गरे । 

उनले गाउं घरमा पाइने सामग्रीहरु बांस, माटो, रारी, खर, जस्ता सामानहरुको प्रयोग गरी पर्यावरण मैत्री शौचालयको निर्माण भएको ध्यानाकर्षण गराए । 

उनले बाढि तथा पहिरो आएको बेला खुल्लामा दिसा पिसाबले प्रदुषण हुने भएकोले न्यूनिकरण गर्नका लागि पर्यावरण मैत्री शौचालय नमूनाको रुपमा स्थापित हुने जोड दिए । 

उनले शौचालयमा प्रयोग भएको सामानहरु पर्यावरण मैत्री भएकोले वातावरणमा कुनै नकारात्मक असर नपर्ने दावी गरे । साथै निर्माण खर्च पनि कम लाग्ने भएकोले धनी देखि गरिब सम्मको घरमा पुग्ने भएकोले सहज र सरल हुने धारण राखे ।

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले