महोत्तरीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धि तीन दिने तालिम सुरु
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ २८ गते । महोत्तरी जलेश्वरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम तालिम सोमवार देखि शुरु भएको छ ।
वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र दलित समाज उत्थान समिति नेपाल जलेश्वरको आयोजनामा संचालित सो तालिममा सहभागीहरुलाई सशक्त बनाउन प्रशिक्षण दिइदै छ ।
महोत्तरी गाउंपालिकाका समन्वयमा सञ्चालन भएको तालिममा २५ जना वाल मैत्री स्थानीय शासन समितिको पदाधिकारीहरुको सहभागीता रहेका छन् ।
प्रशिक्षार्थीहरु सहभागी रहेको तालिममको उदघाट्न सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै वर्ल्ड भिजन नेपाल महोत्तरीका जिल्ला इन्चार्ज दिलिप यादवले बालमैत्री स्थानीय शासन तथा बाल संरक्षण सम्बन्धी नीति तथा कानून निमाण गर्न जोड दिने बताउनु भयो ।
तालिमवाट सहभागिहरु बालबालिकाको सुरक्षा, संरक्षण, विकास तथा हितको लागि अभियन्ताको रुपमा कामगर्ने धारणा राख्नु भयो ।
उनले वर्ल्ड भिजन नेपाल विभिन्न सूचकहरुमा काम गरिरहेको ध्यानाकर्षण समेत गराउनु भयो ।
दलित समाज उत्थान समिति नेपाल जलेश्वरकी अध्यक्ष डेजि पाण्डेले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न सरकारी, गैरसरकारी र अन्य सरोकारबालाहरुबीच समन्वय, सहकार्य र साझेदारी गरि मिलेर जान आग्रह गरिन् ।
उनिले बालबालिकोको सर्वाङीन विकासका लागि विना कुनै भेदभाव गुणस्तरी शिक्षा तथा स्वास्थ्यमा सवैलाई लगानी गर्न प्रेरित गरिन् ।
सम्सी गाउंपालिकाका महिला बालबालिका तथा अपाङ्ग शाखाका प्रमुख संजय मण्डलले पालिकामा कुनै पनि वडामा बाल मैत्री घोषणा नभएको दुखेसो ब्यक्त गर्नु भयो ।
उनले बालमैत्री स्थानीय शासन कार्यन्वयन सम्बन्धि बजेट विनियाेजन हुनुपर्ने तथा अभियानलाई सफल पार्न सवैलाई मिलेर जान आग्रह गर्नु भयो ।
फिउचर नेपाल संस्था काठमाण्डौंका प्रशिक्षक नवराज थापाले बालबालिकालाई लेख्दा, पढ्दा बाल मनोविज्ञानलाई ख्याल गरेर कुनै प्रकारको शारीरिक यातना नदिई प्रेम पूर्वक व्यवहार गर्नका लागि बताउनु भयाे ।
कार्यक्रममा दलित समाज उत्थान समिति नेपाल जलेश्वरका कार्यक्रम सञ्चालक प्रेम बहादुर बुढाथोकी, सामाजिक परिचालनकर्ता माधवेन्द्र प्रसाद ठाकुर , सम्सी गाउँपालिकाका वडाअध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
15 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
15 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले